काठमाडौं : शीतलहर, हिमपात र अत्यधिक चिसोबाट सर्वसाधारणलाई बचाउन ७७ वटै जिल्लामा ४ लाखदेखि १२ लाखसम्म खर्च गर्ने अख्तियारी सरकारले दिएको छ।जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको गृह मन्त्रालयले जनाएको छ। तराईमा शीतलहर र हिमाल तथा पहाडमा अत्यधिक चिसो शुरु हुन लागेपछि सरकारले पूर्वतयारीस्वरुप यस्तो निर्णय गरेको हो।आज गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट शीतलहर, हिमपात तथा अत्यधिक चिसो हुने जिल्लालाई तीन तहमा विभाजित गरी सोहीअनुरुप वितरण