कालीगण्डकी गाउँपालिकामा आफ्नै भवनबाट सेवा सुचारु, ओलीले गरे उद्घाटन

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ।नवनिर्मित भवनको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक समारोहकाबीच शुक्रबार उद्घाटन गरेका छन्। एमाले विकास गर्ने पार्टी भएको उनले बताए। भ्रष्टाचार विरोधि पार्टी एमाले हो। विकास अरु पार्टी गर्दैनन्। एमालेले मात्रै गर्छ भन्ने नमुना कालीगण्डकीले प्रस्तुत गरेको ओलीले बताए। जनतामैत्री भएर सेवा प्रदान गर्न एमालेका जनप्रतिनिधिले काम गर्नुपर्छ। शोषक होइन, सेवक भएर काम गर्न उनले निर्देशन दिए।पूर्व

सम्बन्धित सामग्री

झापाका अधिकांश पालिकाले बनाए नयाँ भवन

झापा । झापाका १५ पालिकामध्ये अधिकांशले नयाँ प्रशासनिक भवन बनाएका छन् भने कतिपयले बजेट अभावमा बनाउन नसक्दा पुरानै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । जिल्लाका शिवसताक्षी, कनकाई, गौरादह, भद्रपुर र अर्जुनधारा नगरपालिकाले फराकिलो स्थानमा नयाँ प्रविधिमैत्री भवन बनाएर कार्यालय सारेका छन् । यी पालिकाभित्र रहेका अधिकांश वडा कार्यालयले समेत नयाँ भवन बनाएका छन् । मेचीनगर नगरपालिकाले पुरानै भवनमा काम गरिरहेको छ भने दमक र बिर्तामोड नगरपालिकाले पुरानो भवनलाई व्यवस्थित बनाई आवश्यक भवन थपेर सेवा प्रदान गरिरहेका छन् ।    यसैगरी सात गाउँपालिकामध्ये झापा गाउँपालिकाले एक करोड ५६ लाख लागतमा प्रशासनिक भवन निर्माण गरेको छ । साढे चार वर्षसम्म भाडाको घरबाट गाउँपालिकाको सबै सेवा प्रवाह गर्दै आएकोमा वडा नं ३ मा आफ्नै भवन निर्माण गरेर अब सेवा प्रवाह गर्ने भएको हो । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीय दाताले जमिन प्रदान गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले यसअघि झापा गाउँपालिकामा चारओटा वडा कार्यालयको भवन निर्माण गरी सेवा प्रवाह भइरहेको बताए । स्थानीय देवेन्द्र राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी, चित्रबहादुर श्रेष्ठ र निताई राजवंशीले प्रदान गरेको जग्गामा बनेको भवनको पालिका अध्यक्ष जयनारायण साहले उद्घाटन गरेका छन् । कचनकवल गाउँपालिकाले समेत वडा नं ७ मा स्थानीय दाताले दिएको १५ कट्ठा जमिनमा नयाँ प्रशासनिक भवन धमाधम निर्माण गरिरहेको छ । डेढ वर्षअघिसम्म भाडामा रहेको कार्यालय हाल बनियानी स्वास्थ्यचौकी नयाँ भवन बनाएर सरेपछि सोही स्थानबाट पालिकाले सेवा प्रवाह गरिरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए । बाह्रदशी गाउँपालिकाले वडा नं ४ मा रहेको डेढ बिघा जमिनमा प्रशासनिक भवन निर्माणका लागि डिपिआर तयार गरे पनि बजेट अभावमा बनाउन नसकेको बताएको छ । कार्यालयले साविक गाविसको भवनमा नयाँ भवन थपेर हाल सेवा दिइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले बताए । हल्दीबारी गाउँपालिकाले वडा नं ५ मा स्थानीय दाताले प्रदान गरेको एक बिघा १८ कट्ठा जमिनमा पाँच करोड बढीको लागतमा भूकम्प प्रतिरोधी, अपांगतामैत्री सातओटा भवन बनाइसकेको छ । रासस

ताराखोलाले बनायो प्रशासनिक भवन

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले आफ्नो प्रशासनिक भवन  निर्माण गरेको छ । ठेक्का सम्पन्न गर्ने सम्झौता मितिअघि नै सुविधासम्पन्न प्रशासनिक भवन निर्माण भएको ताराखोला गाउँपालिकाले जनाएको छ ।       ५ करोड लागतमा निशान/आचार्य/बिके जेभी निर्माण कम्पनीले पाँच महिनाअगावै ताराखोला गाउँपालिकामा लिफ्ट सुविधासहित अपांगतामैत्री प्रशासकीय भवन निर्माण गरेको हो । लिफ्टसहितको सुविधासम्पन्न यो संरचना जिल्लाकै पहिलो प्रशासनिक भवन हो । नेपालमा संघीयता लागू भएपछि स्थानीय सरकारलाई प्रशासनिक कार्यका लागि सुविधासम्पन्न भवन अभाव हुँदै आएको थियो ।      ताराखोलाले हालसम्म प्रशासनिक शाखा कार्यालय सार्वजनिक तथा निजी भवन भाडामा लिएर काम गर्दै आएको छ । गाउँपालिकाले साविक अर्गल गाविसको भवनबाट कार्य सम्पादन सुरु गरेको थियो । भवनलाई स्तरोन्नति गरी प्रशासनिक कार्य सम्पादन गर्दै आएकामा गण्डकी प्रदेश सरकारको ६० प्रतिशत अनुदान र पालिकाको ४० प्रतिशत गरी कुल ५ करोड लागतमा ठेक्का प्रक्रियाबाट भवन निर्माण सुरु गरेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।      उनले नवनिर्मित प्रशासकीय भवनबाट फागुन १ गतेदेखि सेवा दिइने बताए । ‘अहिलेको भवन साँघुरो हुँदा सेवा प्रवाहमा निकै समस्या थियो’, अध्यक्ष घर्तीले भने, ‘नयाँ प्रशासनिक भवन निर्माणसँगै सेवा प्रवाह सहज हुने अपेक्षा  छ ।’       निशान/आचार्य/वि.के जेवी निर्माण कम्पनीले ०७७ असार २० गते ५ करोड १० लाख ७ हजार लागतमा भवन निर्माणको सम्झौता गरेको थियो । ०७९ साल असार २० गते सम्पन्न गर्नुपर्नेमा ६ महिनाअघि नै भवन निर्माण सकिएको र माघभित्रै गाउँपालिकालाई हस्तान्तरण गरिएको कम्पनीका प्रतिनिधि ओमप्रकाश घर्तीले बताए ।      लिफ्टसहितको तीनतले भवनमा ३०० क्षमताको सभाहल, योजना शाखा, आइटी शाखा, प्राविधिक शाखा, राजस्व, लेखा र स्टोर, उपाध्यक्ष कक्ष, कानुनी कक्ष, सार्वजनिक कक्ष, पुस्तकालय, सुरक्षा कक्ष, अध्यक्ष कक्ष र प्रशासकीय अधिकृत कक्ष रहेको गाउँपालिकाले बताएको छ । एक पटकमा ६ जना चढ्न मिल्ने लिफ्ट  आधुनिक रहेको र त्यसको मूल्य ३५ लाख परेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । ताराखोलाको स्थानीय ढुंगा टाँसेर भवनलाई आकर्षक तथा परम्परागत बनाइएको छ । रासस

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

सर्लाही – सर्लाहीका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाका मलङ्गवा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् । स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव […]

स्तरोन्नति गर्दै सिद्धार्थनगर सिटी अस्पताल

भैरहवामा सञ्चालित सिद्धार्थ सिटी हस्पिटलले ७० करोड लगानी थप्दै अत्याधुनिक भवनबाट सेवा प्रदान गर्ने भएको छ । अस्पतालले ट्रमासहितको सेवाहरु विस्तार गर्दै जाने उद्देश्यले लगानी वृद्धि गरेको हो । भाडाको भवनमा सञ्चालनमा रहेको सिद्धार्थ सिटी हस्पिटलले आफ्नै जग्गामा भुकम्प प्रतिरोधी भवन निर्माण सम्पन्न गरेको अस्पतालका प्रवन्ध निर्देशक अर्जुन पौडेलले बताउनुभयो । ५५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको अस्पतालको नयाँ भवन भैरहवा नजिकै मायादेवी गाउँपालिकामा रहेको छ । नेपाल सरकारको नयाँ निर्देशिका तथा मापदण्ड अनुरुप एक सय शैयाकोे अस्पताल निर्माण भएको हो । अस्पतालमा अन्डरग्राउण्डसँगै छ तलाको भवन छ । हस्पिटलमा बिरामीलाई स्टेचरमा गुडाएर लैजानलाई ठूलो ¥याम्प र दुईवटा आकस्मिक बिरामी स्टेचर एकैपटक लैजान मिल्ने लिफ्ट समेत रहेको छ । हस्पिपटलका सबै वार्डहरुमा भेन्टिलेशन रहेका छन् भने सेवा लिन आउने बिरामीको लागि छिट्टै सेवा दिन प्रत्येक विभागलाई कम्प्यूटरको माध्यमबाट डिजिटल तरिकाले काम गराइने छ । जसले गर्दा कागजी काम कम हुने र अस्पताललाई पेपरलेश गराइने योजना रहेको प्रवन्ध निर्देशक पौडेलले बताउनुभयो । आकस्मिक विरामी धेरै आउने भएकोले १५ शैयाको आकस्मिक कक्ष रहेको छ । जसमा सिकिस्त, अति सिकिस्त र सामान्य गरी तीन प्रकारमा वर्गीकरण गरिएको छ । मुटु रोगीका लागि विशेष सेवा दिने उद्देश्यले जर्मनीमा निर्मित मेसिनको प्रयोग गरिनेछ । जसबाट ईको, टिएमटी, होल्टर र मोडुलर सिसियूद्वारा विरामीको परीक्षण गरिनेछ । अस्पतालमा तीनवटा मोडुलर अत्याधुनिक अपरेशन कक्ष यस क्षेत्रमा नै पहिलो पटक सञ्चालन हुने पौडेलले बताउनुभयो । त्यसैगरी, मोडुलर ओटीमा न्युरो, हाडजोर्नी, सामान्य सर्जरी, महिला सम्बन्धी सम्पूर्ण शल्यक्रिया हुने अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पतालमा उपचारका लागि आउने विरामीको सहजताका लागि घरायसी वातावरण भएको वातानुकुलीत सुविधा सम्पन्न क्याबिन रहेको र अस्पताल नजिकै अन्तर्राष्ट्रिय विमानस्थल, २० किलोमिटर दूरीमा बुद्ध जन्मस्थल लुम्बिनी समेत रहेकाले त्यहाँ आउने विदेशी पाहुनाहरुलाई लक्षित गरी १८ सय वर्ग क्षेत्रफलमा सुविधाका कक्षहरु बनाइएका छन् । यस क्षेत्रमा सडक दुर्घटना बढी हुने र ट्रमा अस्पताल नरहेकोले यो अस्पताललाई ट्रमा विशेष अस्पतालका रुपमा लैजाने योजना अस्पताल व्यवस्थापनको रहेको प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो । एकसय शैया उपलब्ध हुने अस्पतालको सेवाग्राहीहरु प्युठान, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासी,