काठमाडौं : दशैँका लागि घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला हुँदैछ। यातायात व्यवस्था विभागको निर्णयअनुसार असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला हुन लागेको हो।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शनिबार बिहानदेखि नै लामो तथा मध्यम दूरीको बसको टिकट खुल्ने जानकारी दिए।टिकट बिहान ७ बजेदेखि खुला गर्ने तयारी छ।विभागले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था