ओलम्पिक हुने क्षेत्रमा कोरोना पुष्टि, खेलाडीमा संक्रमणको खतरा

जापानको राजधानी टोकियोस्थित ओलम्पिक प्रतियोगिता हुने क्षेत्रमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार टोकियोको खेल क्षेत्रमा कोरोना संक्रमण देखिएको छ । ओलम्पिक खेल आयोजकले संक्रमण फेला परेको पुष्टि गरेका समाचारमा उल्लेख छ । खेल हुने क्षेत्रमै कोरोना देखिएपछि खेलाडीमा संक्रमणको खतरा हुने बताइएको छ । 

सम्बन्धित सामग्री

बेइजिङ ओलम्पिकमा सहभागी १२ जनामा कोरोना

काठमाडौं । चीनको संघीय राजधानी बेइजिङमा हुन लागेको शीतकालिन ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम बढेको बेला खेलकुद प्रतियोगितामा सहभागीमध्ये १२ जनामा कोरोना पुष्टि भएको हो । प्रतियोगिताका लागि बुधबारसम्ममा १ हजार ६ सय ८२ […]

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना : RajdhaniDaily.com

RajdhaniDaily.com | टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले - ओलम्पिक भिलेज

ओलम्पिक खेल्ने अमेरिकी खेलाडीमा कोरोना पुष्टि

टोकियो ओलम्पिकमा सहभागी एक अमेरिकी जिम्न्यास्ट खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यी खेलाडीसँगै उनीसँगको क्लोज कन्ट्याक्टमा रहेकी अर्की एक खेलाडीलाई अहिले होटलमा आईशोलेसनमा राखिएको बीबीसीले लेखेको छ । टिमका बाँकी खेलाडी भने टोकियोस्थित ओलम्पिक भिलेजमा छन् ।  अमेरिकी ओलम्पिक कमिटीका अनुसार यी खेलाडी वैकल्पिक खेलाडी हुन् । यसअघि चेक गणतन्त्र ओलम्पिक कमिटीले आफ्ना बिच भलिबल खेलाडी अन्ड्रेज पेरुसिकमा कोरोना संक्रमण देखिएको घोषणा गरेको थियो । यसै साता दक्षिण अफ्रिकाका दुई फुटबलरमा पनि संक्रमण देखिएको थियो...

ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना

टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका थप ३ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओलम्पिक भिलेजभित्र रहेका तीन खेलाडीमा कोरोना पुष्टि भएको टोकियो ओलम्पिकले जनाएको छ । ओलम्पिक भिलेजभित्र रहेका ३ जना र बाहिरका ७ जना गरी आज एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार एकै दिन ३ खेलाडी, ओलम्पिक गेममा […] The post ओलम्पिक भिलेजमा थप ३ जनामा कोरोना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओलल्पिकको विरोध, विशेषज्ञको चेतावनी– खेल रोक्न टोकियोमा हिसात्मक घटना हुनसक्ने

एजेन्सी। ओलम्पिक खेल नजिकिँदै गर्दा यसको विरोध पनि बढेको छ। कोरोनाका कारण जापानको टोकियोमा कोरोना भाइरस फैलनेभन्दै विरोध गरिएको छ। आइतबार आएका विदेशी पाहुनामा कोरोना पुष्टि भएपछि टोकियावासीमा संक्रमण फैलने डर बढेको हो। सुरक्षा विशेषज्ञले टोकियोमा ओलम्पिकको विरोधमा ठूला प्रदर्शनको तयारी भइरहेको जनाएका छन्। प्रदर्शन हिंसात्मक हुनसक्ने ठूलो सम्भावना रहेको विज्ञले बताएका छन्। टाकियो प्रहरीले सतर्क रहन पनि भनिएको छ।

ओलम्पिक कमिटीका दुई जनामा कोरोना संक्रमण

काठमाडौं: नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई जना कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। स्क्वासका एक जना प्रशिक्षकमा यसअघि  संक्रमण देखिएपछि एनओसीका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। जसमा दुई जना भान्सामा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि भएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए। 'किचनको हो। अस्ति स्क्वासका प्रशिक्षकलाई कोरोना भेटिएपछि यहाँको