काठमाडौं : काठमाडौं महानगरपालिका (कामपा)ले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु सात करोड बक्यौता रकम असुल गरेको छ।गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन्। तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन्।'आउने क्रम जारी छ, कोरोनाको कारण लक्ष्यअनुरुप असुल हुन भने सकेन', कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले भने। कामपाले गत साउनको अन्तिम साता दुई चरणमा गरी