उपत्यकामा सिसीटिभी जडानसम्बन्धी सम्झौता

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौँ महानगरपालिकाबीच काठमाडौँमा सिसीटिभी क्यामेरा जडान, सञ्चालन, मर्मतसम्भार र सूचनाको उपयोग गर्नेसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ । राष्ट्रिय सभागृहमा बिहीबार एक कार्यक्रमबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली र काठमाडौँ महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले उक्त समझदारीपत्रमा हस्ताक्षर …

सम्बन्धित सामग्री

काठमाडौंलाई सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी

सिसीटिभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । काठमाडौँ महानगरले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० वटा सिसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच यही वैशाख ७ […]

काठमाडौंका मुख्य चोक र गल्लीहरू सबैतिर सिसीटिभी राख्न माग

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गइरहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसीटिभी जडान गर्नुपर्ने बताएका हुन्।बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल

दुई संस्थालाई सेञ्चुरी बैंकको सहयोग

काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकले ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर सिसीटिभी जडान समितिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । सहयोग रकम बैंकका बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको उपस्थितिमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सिसीटिभी जडान समितिका कोषाध्यक्ष नवीन प्रजापतिलाई हस्तान्तरण गरे ।  । कार्यक्रममा बैंकका बागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखा प्रमुख सुकेश शाक्य र भक्तपुर शाखा प्रमुख उषा खाँण सहभागी थिए । आर्थिक सहयोगबाट भक्तपुरको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई परिणाममुखी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास बैंकको छ । बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक सेवा केन्द्र काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी, दुई वटा टेबल र एक थान दराजलगायत फर्निचर सामान उपलब्ध गराएको छ । ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठ सहभागी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको पनि उपस्थिति थियो । उक्त अवसरमा गीता मन्दिर सरसफाइसमेत गरिएको बैंकले बताएको छ ।

नेताको घरमा सिसीटिभी राखेर जुवा खेलाइने गरेको खुलासा, सात जना पक्राउ

मोरङको उर्लाबारीबाट नेकपा एमालेका स्थानीय नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुले बाहिर प्रहरी आउने आशङ्का गर्दै सिसीटिभी जडान गरेर जुवा खेलेको पाइएको प्रहरीको भनाइ छ । जुवाको खालबाट प्रहरीले उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बाँस्तोला, झापा दमकका सूर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र शिव लिम्बूलाई पक्राउ गरेको छ । पक्राउ परेका जुवाडेलाई अहिले इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । प्रहरीले उनीहरुको खालबाट

नेपाल–भारत सीमानाकामा सिसीटिभी

प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागेको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले सो जानकारी गराउँदै भन्नुभयो, “नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडानका लागि करिब रु पाँच करोड खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो ।”

विनाअनुमति जताततै सिसीटिभी

काठमाडौं : राजधानीमा अधिकांश कार्यालय, सपिङ मल, बिजनेस कम्प्लेक्स, रेष्टुरेन्ट, पसलदेखि चोक-चोकमा सिसीटिभी देख्न सकिन्छ। काठमाडौंमात्र होइन, उपत्यकाका अन्य दुई जिल्ला ललितपुर र भक्तपुरमा पनि सिसीटिभी जडान धेरैतिर छ। तर, यसको प्रयोगका लागि कानुनी रुपमा अनुमति लिने भने निकै कम छन्। विनाअनुमति सिसीटिभी जडान गर्नु गैर...