नेताको घरमा सिसीटिभी राखेर जुवा खेलाइने गरेको खुलासा, सात जना पक्राउ

मोरङको उर्लाबारीबाट नेकपा एमालेका स्थानीय नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुले बाहिर प्रहरी आउने आशङ्का गर्दै सिसीटिभी जडान गरेर जुवा खेलेको पाइएको प्रहरीको भनाइ छ । जुवाको खालबाट प्रहरीले उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बाँस्तोला, झापा दमकका सूर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र शिव लिम्बूलाई पक्राउ गरेको छ । पक्राउ परेका जुवाडेलाई अहिले इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । प्रहरीले उनीहरुको खालबाट