जेठ १५, काठमाडौं । आगामी वर्षदेखि काठमाडौं बाहिरबाट पनि श्रम स्वीकृति दिइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । यस अघि काठमाडौंबाट मात्र दिंदै आएको श्रम स्वीकृतिलाई श्रम तथा रोजगार कार्यालयहरुबाट गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री शर्माको भनाइ छ ।