आइसोलेसन र शव व्यवस्थापनमा खटिएका १० सैनिक सङ्क्रमित
कोरोनाबाट मृत्यु भएका मृतकको शव व्यवस्थापन तथा आइसोलेसनमा खटिएका महोत्तरीका १० जना नेपाली सैनिक कोरोना संक्रमित भएका छन् साथै जिल्लाका दुई शिक्षक पनि कोरोना संक्रमित हुनुभएको छ ।
काठमाडौं : देशभर कोरोना संक्रमण बढ्दै गएपछि नेपाली सेनाले थप संक्रियता देखाएको छ।
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनदेखि क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा खटिएको सेनाले अवकास प्राप्त स्वास्थ्यकर्मीलाई बोलाउने भएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले सेनामा रहेर स्वास्थ्य क्षेत्रमा काम गर्ने अवकास स्वास्थ्यकर्मीलाई बोलाउने निर्णय गरेको हो। २०७२ पछि…
गुल्मी : चन्द्रकोट गाउँपालिकाले अक्सिजनसहितको आइसोलसन निर्माण गरेको छ। चन्द्रकोट क्याम्पसमा १४ शय्या र शान्तिपुर स्वास्थ्य चौकीमा तीन शयुयाको आइसोलेशन निर्माण गरिएको हो। जसमा सातवटामा अक्सिजनको व्यवस्था छ।दुईवटा अक्सिजन नियमित सञ्चालनका लागि जेनेरेटरको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए। यस्तै, संक्रमितको शव गाउँपालिकाको दुई ठाउँमा मात्र दाहसंस्कार गर्ने निर्णय गरेको छ।
सिङ्गो राज्य संयन्त्र कोरोना भाइरस नियन्त्रणका लागि सक्रिय भएका बेला नेपाली सेना पनि आफ्नो नियमित कामबाहेक महामारी नियन्त्रण र व्यवस्थापनमा यहाँ निरन्तर खटेको छ । गत वर्ष चैतदेखि यहाँ सरकारले गरेको लकडाउनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क व्यवस्थापन, आगन्तुकको स्वास्थ्य परीक्षण, आइसोलेसन र क्वारेन्टिन सुरक्षादेखि सङ्क्रमितको शव व्यवस्थापनमा खटिएको सेनाले कोरोनाको …
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा कोरोना संक्रमणबाट मृत्यु भएका ५८ वर्षीय पुरुषको शवले १८ घण्टादेखि सद्गत पर्खिरहेको थियो । शव उठाउन एम्बुलेन्स तयार थिए न व्यवस्थापन गर्ने ठाउँकै टुंगो थियो । जेठ २५ मा पोखरामा कोरोनाबाट ज्यान गुमाएका पहिलो व्यक्तिको शव बोक्न कोही एम्बुलेन्स चालक तयार भएनन् । यही अन्योलका बीच ग२च ७००२ नम्बरको एम्बुलेन्स लिएर अमजद मियाँले ‘इन्ट्री’ मारे ।
सर्लाहीमा कोरोना भाईरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–६, का ७६ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति नारायणी अस्पताल वीरगञ्जको कोभिड अस्थायी अस्पताल (बाबा आइसोलेसन)मा मृत्यु भएको हो । घरमै बिरामी परेर आइतबार वीरगञ्ज जानुभएका वृद्धको त्यसैदिन जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको परिवारका सदस्यलाई उद्वृत गर्दै बरहथवा नगरपालिका ६ का वडाध्यक्ष मोहम्मद अफताब आलमले जानकारी दिनुभयो ।
वृद्ध मधुमेह, उच्च रक्तचाप, मुटु र मृगौलाको बिरामी समेत हुनुहुन्थ्यो । मृतकको शव मङ्गलवार दिउँसो जिल्लामा ल्याएर पूर्व–पश्चिम राजमार्गस्थित बाग्मती पुल दक्षिणपट्टीकिो घाटमा जलाएर अन्त्येष्टि गरिएको छ । सरकारले बनाएको प्रोटोकल अनुसार सर्लाहीमा पहिलो पटक यसरी कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको मृतककै धर्मअनुसार जलाएर दाहसंस्कार गरिएको हो ।
मृतकका परिवारका सदस्य र मलामी आएका व्यक्तिहरुलाई परै राखी नेपाली सेनाको रणशेर गण पाँचकुमारी ब्यारेकबाट खटिएको शव व्यवस्थापन टोलीले सलामी अर्पण गरी शव जलाएको हो ।
९ भदौ, कैलाली । कैलालीमा कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदा एक महिलाको शव १८ घण्टादेखि उठाइएको छैन । सोमबार राति ८ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका–११ कि महिलाको शव जहाँको त्यहीँ छ ।
उनको …
रुपन्देही– बुटवलको आइसोलेसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका रुपन्देहीको सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको शव १० दिनसम्म पनि आफन्तले बझेका छैनन् ।
घटनाको छानबिन गर्नुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै परिवारले मृतक थापाको शव बुझ्न मानेका छैनन् । शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ ।&nbs...
१८ चैत, बुटवल । ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलको आइसोलेसन वार्डमा मृत्यु भएका ३४ वर्षीय बाबुराम थापाकी श्रीमती रीताले आफ्ना पतिको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै छानबिनको माग गरेकी छन् ।
कोरोना भएको भन्दै अस्पतालले राम्रोसँग …
कोरोना कहर
काठमाडौं/इन्छन -दक्षिण कोरिया, कतार, यूएई, बहराईन, साउदी अरब लगायतका दूतावासले कोरोना भाइरस संक्रमण बढ्दो रुपमा रहेको जनाउँदै नेपालीहरुलाई सचेत रहन आवहन गरेका छन् । संक्रमण देखिएका अधिकांश श्रम गन्तव्यमा नेपालीको संख्या धेरै भएका कारण जोखिम भने कायम नै छ ।
श्रम गन्तव्यमा रहेका कुनै पनि नेपालीमा संक्रमण देखिएको आधिकारिक जानकारी नआए पनि फर्कने नेपाली र भिडभाडमा काम गर्ने नेपालीहरु भने उच्च जोखिममा रहेको देखिन्छ ।
कोरोना भाइरसका सम्बन्धमा साउदी अरब दूतावासले सूचना जारी गर्दै साउदी अरबको स्वास्थ्य मन्त्रालयले हालसम्म कसैमा कोरोना भाइरसको संक्रमण भएको छैन भनी जानकारी गराएको छ । खाडीका अन्य देशमा संक्रमण देखिएकाले साउदी जाने इस्लाम धर्मावलम्वीहरुका सबै प्रकारका भ्रमण अस्थायी रूपमा बन्द गरिएको छ । यस सम्बन्धी भिसा प्रकृया नै बन्द गरिएको छ ।
साउदी भ्रमणमा समा निर्धारण
जनवादी गणतन्त्र चीन (ताइवान, हङकङ र मकाउ समेत) र इरानको भ्रमण गरेका कुनै पनि नागरिकले भ्रमण समाप्तिको १४ दिन पूरा भएपछि मात्र साउदी अरबको भ्रमण गर्न पाउने व्यवस्था गरिएको छ । “यो शर्त पूरा नगरेका नेपाली नागरिकहरु ती स्थानबाट साउदी अरब नआउनुहुन अनुरोध छ,” दूतावासद्धारा जारी सूचनामा भनिएको छ “ट्रान्जिटमा रहनेहरुका लागि पनि यो व्यवस्था लागू हुने छ ।” केही देशहरुबाट भ्रमण भिसा तथा पर्यटक भिसामा साउदी अरब जान अस्थायी रुपमा बन्द गरिएको छ । नेपालबाट भ्रमण भिसा तथा पर्यटक भिसामा साउदी आउनलाई भने हाललाई बन्द गरिएको छैन । यस प्रावधानले परिवारका सदस्यलाई साउदी अरब ल्याउने तयारीमा रहेका नेपालीले परिवारका सदस्य ल्याउन सक्ने जनाइएको छ ।
साउदी सरकारले साउदी सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोललाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । साउदीमा रहेका नेपालीहरुले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वासमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिन सक्ने दूतावासले जनाएको छ । आफूले काम गर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्न भनिएको छ । साउदी सरकारले देशका विभिन्न २५ वटा अस्पताललाई यो रोगको उपचारका लागि तयारी अवस्थामा राखेको र २ हजार २०० बेडहरुलाई क्वारेन्टाइन बेडका रुपमा व्यवस्था गरेको जनाइएको छ । साउदी अरबका केही छिमेकी मुलुकहरु संयुक्त अरब इमिरेट्स (यूएइ), कुवेत, बहराइन तथा कतारमा यो रोगका विरामीहरु फेला परेका छन् । तसर्थ, यी देशहरुको भ्रमण गर्नुपर्ने अवस्थामा पूर्ण सजगता अपनाउनु हुन अनुरोध गरिएको छ ।
कतारमा रहेका नेपालीलाई सचेत रहन अनुरोध
कतारस्थित नेपाली दूतावासले समेत कतारको स्वास्थ्य मन्त्रालयले हेल्थ एडभाईजरी जारी गरेको जनाउँदै हालै इरानबाट उद्धार गरी ल्याएका कतारी नागरिकहरुमध्ये एक जना ३६ वर्षिय कतारी नागरिक (पुरुष) कोरोना भाइरस को बाट संक्रमित भएको पुष्टि भएको जनाइएको छ । संक्रामक नागरिकलाई सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा राखी उच्च निगरानी उपचार भईरहेको जनाएको छ ।
राजदूतावासले सूचना जारी गरी सतर्कता अपनाउन कतारमा रहेका सबै नेपाली नागरिकहरुमा अनुरोध गरेको छ । दूतावासले अत्यावश्यक अवस्थामा बाहेक विभिन्न अवसरमा आयोजना गर्ने कार्यक्रमहरु (वार्षिकोत्सव, पिकनिक, सांस्कृतिक कार्यक्रम, सम्मान समारोह आदि) हाललाई संचालन नगर्न र नगराउन अनुरोध गरेको छ । यसैगरी जापान, यूएई, बहराईन, कुबेत लगायतका दूतावासले समेत सचेत रहन नेपालीलाई अनुरोध गरेका छन् ।
उच्च जोखिममा कोरिया तर नेपाली सुरक्षित
कोरियास्थित नेपाली कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् ।
कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् । एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ । राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँ भने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्यमले जनाइरहेका छन् ।
कोरोनाबाट संक्रमित र मृत्यु हुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचार सस्थाहरुले जनाएका छन् । हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकांश वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सव जन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् ।
राष्ट्रपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन् । त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् । दक्षिण कोरियामा हालसम्म ५ हजार १ सय ३५ जना संक्रमित र २६ जनाले ज्यान गुमाएका छन् । ३१ जना निको भएर घर फर्र्किएका छन् ।
चीनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका ६८ देशमा फैलिएको छ । करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ ।
धेरै संक्रमित हुनेमा पहिलोमा चीन छ । जहाँ ८० हजार २८ जना संक्रमित भएका छन् भने २९ सय १२ जनाले ज्यान गुमाएका छन् । इरानमा ९३८ संक्रमित र ५४ जनाको ज्यान गुमाएका छन् । इटालीमा १६९४ जना संक्रमित र ३४ जनाले ज्यान गुमाएका छन् । भने जापानमा ९६२ जना संक्रमित र १२ जनाले ज्यान गुमाइसकेका छन् ।
लक्षणहरु
ड्ड लगातार ज्वरो आउने ।
ड्ड खोकी लाग्ने ।
ड्ड श्वास फेर्न गाह्रो हुने ।
ड्ड निमोनिया हुने ।
ड्ड श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने ।
ड्ड मिर्गौला फेल हुने ।
ड्ड रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने।
कसरी बच्ने ?
ड्ड सरसफाइमा ध्यान दिने ।
ड्ड धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने ।
ड्ड मास्क लगाएर यात्रा गर्ने ।
ड्ड खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने।
ड्ड बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने।
ड्ड स्वास्थको ख्याल गर्ने ।
ड्ड हात नमिलाउने
ड्ड संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने
बक्स
सचेत रहन एनआरएनएको आह्वान
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठकले कोरोना संक्रमण लगायत विभिन्न विषयमा छलफल गरेको छ ।
शनिबार सम्पन्न बैठकले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन सबैलाई अपिल समेत गरेको छ । यसैगरी कुवेतमा काम गर्दागर्दै बालुवाले पुरिएर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बैठकले मृतक र घाईतेहरुको उचित क्षतिपूर्ति दिलाउनका साथै मृतकको शव यथाशिघ्र नेपाल पठाउनको लागि पहल गर्न नेपाल सरकारसँग माग गरेको छ । दुर्घटनामा मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
गोपाल संग्रौला÷निकुञ्ज तिवारी