नेपाली सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५४.३१ अंकले बढेर ३०५८.६३ अंकमा बन्द भएको छ । यो हालसम्मकै उच्च अंक हो । यसअघि जेठ ३१ गते नेप्सेले ३०२५.८३ अंकको कीर्तिमान कायम गरेको थियो ।नेप्सेको नयाँ कीर्तिमानसँगै कारोबार रकममा पनि सुधार आएको छ । आइतबार २२३ कम्पनीका ४ […]