काठमाडौं : ऊर्जामन्त्री पम्फा भुसालले सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन्। शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने दाबी गरेकी हुन्। हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ।उनले भनिन्, ‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ। अब बङ्गलादेश पनि निर्यात हुँदैछ। जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ।’ऊर्जालाई उ