सुरू भयो सुनको सिजन, दैनिक २५ किलोग्रामसम्म बिक्री

चाडबाड नजिकिएसँगै सुन बिक्रीको सिजन सुरू भएको छ । जेठ, असार र साउनमा दैनिक बिक्री न्यून रहेको सुनको कारोबार भदौ लागेसँगै उकालो लाग्न थालेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाडबाड नजिकिएसँगै भदौदेखि सुनको माग बढ्न थालेको छ ।महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भदौ महिना लागेसँगै सुनको माग बढ्न थालेको बताए । उनले अहिले दैनिक २५ किलोग्रामसम्म सुनको बिक्री हुन थालेको रातोपाटीलाई जानकारी दिए । ‘यसअघि, दैनिक १० किलोग्राम हाराहारी बिक्री भइरहेको थियो,’ शाक्यले भने, ‘भदौ लागे

सम्बन्धित सामग्री

धनगढीमा प्लास्टिकजन्य वस्तुकाे बिक्री वितरणमा रोक

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिकाले सुर्तीजन्य तथा प्लास्टिकजन्य वस्तुकाे बिक्री वितरणमा रोक लगाउने अभियानलाई निरन्तरता दिएको छ । उप–महानगरभरी प्लास्टिकजन्य वस्तु बिक्री वितरण नगर्न उपमहानगरले सूचना जारी गरेपछि अभियान सुरू गरेकाे हो । सुर्ती, खैनी, जर्दापान, पानपराग, गुट्खा, प्लास्टिकजन्य वस्तु गिलास र कप झोलाको बिक्री वितरणमा समेत रोक लगाइएको छ । आर्थिक वर्ष २०७९/८० लाई […]

पशुपतिमा चढाएका सामाग्रीको बिक्री सुरु, ३१ प्रकारका सामाग्री

काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएका सामाग्रीको बिक्री सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो । कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरू गर्न थालेको जनाएको छ । मन्दिरमा संकलन भएका विभिन्न ३१ प्रकारका […]

पशुपतिमा अर्पण गरिएका सामग्री बिक्री सुरू

२८ असोज, काठमाडौं । पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरू गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरू गरेको हो । कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरू गर्न थालेको जनाएको छ । मन्दिरमा संकलन भएका विभिन्न ३१ […]

थापाथलीमा दशैँको खसी, बोका बिक्री सुरू

१३ असोज, काठमाडौं । दशैँको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण सुरू भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित वागमती प्रादेशिक कार्यालयबाट बुधबारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण सुरू भएको हो । कम्पनीसँग एक हजार वटा खसी, बोका र […]

रातो च्याउको व्यवसायिक उत्पादन तथा बिक्री वितरण सुरू

बहु औषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यावसायिक उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण सुरू गरिएको छ ।भैरब च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपल, पाल्पामा उत्पादन हुँदै आएको उक्त रातो च्याउको काठमाडौंबाट बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले बिक्री वितरण सुरू गरेको हो । उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर’ नारा तय गरेको छ […]

विद्युत व्यापारमा कोशेढुंगा : भारततर्फ ३६४ मेगावाट बिजुली निर्यात सुरू

नेपालबाट भारततर्फ ३६४ मेगावाट विद्युत निर्यात सुरू भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार रातिदेखि भारततर्फ स्वीकृति पाए जति विद्युत निर्यात सुरू गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दर बिक्री सुरु गरेको थियो । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राध

एनओसी र आईओसीबीच छलफल सुरू, आगामी पाँच वर्षसम्मको ‘सप्लाई एग्रिमेन्ट’ गरिने

नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच काठमाडौंमा छलफल सुरू भएको छ । आगामी पाँच वर्षका लागि हुने पेट्रोलियम पदार्थको खरिद/बिक्री सम्झौता (जनरल सप्लाई एग्रिमेन्ट) विषयमा छलफल गर्न दुई कम्पनीका प्रतिनिधि छलफलमा जुटेका हुन् ।आजदेखि सुरू भएको छलफल तीन दिनसम्म चल्ने छ । यस छलफलका लागि आईओसीबाट ६ सदस्यीय प्रतिनिधि मण्डल काठमाडौं आएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।उनले प्रत्येक ५ वर्षमा हुने सम्झौता यसअघि सन् २०१७ मा भएको थियो । उक्त समयमा नेपालका उद्योग, वाणिज्य तथ

विराटनगरमा हाइलक्स सेरामिक्सको बिक्री सुरू

अन्तराष्ट्रिय ब्राण्डको हाइलक्स सेरामिक्सका उत्पादनहरू प्रदेश १ को राजधानी विराटनगरमा बिक्रि सुरू गरिएको छ।...

चेरी कारको बिक्री नेपालमा सुरू

चिनियाँ ब्रान्ड चेरीले फेरि नेपालमा बिक्री वितरण सुरु गरेको छ । सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले चेरीको एसयूभी सेग्मेन्टबाट नेपालमा बिक्री सुरु गरेको हो ।योसँगै करिब १ दशकअघि नेपालबाट बाहिरिएको ब्रान्ड पुनः नेपाली बजारमा प्रवेश गरेको छ । एसपीजी अटोमोबाइल्सले थापाथलीमा शोरुम खोलिसकेको छ ।चीनमा सन् १९९७ मा चेरी अटोमोबाइल्सको स्थापना भएको थियो । विश्वका ८० […]

विश्वकप २०२२ को टिकट जनवरीबाट बिक्री गर्ने तयारी

एजेन्सी। फिफाले कतार विश्वकप २०२२ को टिकट जनवरीबाट बिक्री गर्ने तयारी गरेको छ। आयोजक राष्ट्र कतारले फुटबल हेर्न आउने दर्शकले अनिवार्य खोप लगाएको हुनुपर्ने सर्त राखेको छ। तर फिफाले यस विषयमा केही निर्णय लिएको छैन। फिफाले अन्य जानकारी टिकट बिक्री खुलाउनुअघि सार्वजनिक गर्ने जनाएको छ। विश्वकप अर्को २०२२ को नोभेम्बर २१ बाट सुरू हुनेछ।