अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प या ‘ट्यारिफ राष्ट्रपति’ वा ‘दुई कार्यकालको राष्ट्रपति’ हुन सक्ने एक सार्वजनिक नीतिका विज्ञले बताएका छन् ।
यसले अमेरिका–चीन व्यापार तनावले अमेरिकी अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई कम आकेको छ । तर लगातारको क्षतीले आगामी राष्ट्रपतिय चुनावलाई असर पार्न सक्ने युनिभर्सिटी अफ टेक्साको अस्टिन्ज चाइना पब्लिक पोलिसी सेन्टरका कार्यकारी निर्देशक डेभिड फिरेस्टाइनले बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षि सि जिनपिङले ९० दिनका लागि नयाँ व्यापार भन्सार नलगाउने विषयमा सहमती जनाएका छन् । वार्ताका लागि बाटो खुला गर्नका लागि यसो गरिएको अमेरिकाले जनाएको छ ।
अमेरिका र चीनबीच लामो समयसम्म चलेको व्यापार युद्धमा बिराम लागेका जस्तो देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा लगाइने नयाँ आयात शुल्क नलगाउने संकेत दिएका छन् । उनले चीनमाथि नयाँ आयात शुल्क नलगाउने सम्भावनामाथि कुराकानी गरेका छन । यो भन्दा पहिले अमेरिकाले बाँकि २६७ अर्ब डलरको चिनियाँ सामानमाथि भन्सार लगाउने चेतावनी दिँदै आएका थिए ।