सरकारद्वारा निजी फर्म नवीकरणकाे अवधि थप

काठमाण्डौ - सरकारले निजी फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आउँदो असार मसान्तसम्मको समय दिएको हो ।  यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३ औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०...

सम्बन्धित सामग्री

चौध सय घरेलु तथा साना उद्योग बन्द

दाङमा बर्सेनि घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योग पछिल्लो साढे पाँच वर्षमा एक हजार ३९२ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । जसमध्ये चालु आर्थिक वर्षको सात महिनामा ३७४ वटा साना उद्योगको लगत कट्टा गरिएको छ । चालु आवको साउनदेखि माघ मसान्तसम्म उद्योग तथा वाणिज्यतर्फको निजी फर्म र सामुदायिक फर्म गरी ३७४ वटाको लगत कट्टा भएको घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालयका प्रमुख युवराज न्यौपानेले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने

सुर्खेत - कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १७ प्रकारका अनुदान दिन लागेको हो ।  अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी, उद्यमी र निजी फर्म सञ्चालन गरिरहेका किसानहरुले आवेदन दिन सक्ने प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयले लक्षित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत दलित महिला र पछाडि पारिएका वर्गका लागि कृषि अनुदान प्रदान गरिने उल्लेख गरेको छ।  ...

वैदेशिक रोजगारी ठगीमा निजी फर्म र कन्सल्टेन्सी पनि

वैदेशिक रोजगारीमा हुने ठगीका घटनामा मेनपावर एजेन्सी र एजेन्ट संलग्न हुँदै आएकामा अहिले अन्य व्यक्ति र संस्था पनि जोडिन थालेका छन् । लामो समयदेखि आकर्षक रोजगारीको लोभ देखाएर सोझा युवालाई एजेन्सी र एजेन्टले ठगी गर्दै आएका थिए । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढेसँगै ठगी गर्नेहरुको दायरा पनि फराकिलो बनेको हो । वैदेशिक […]

सम्झौता अनुसारको कृषि अनुदान दिन माग

झापाका किसानहरुले नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनासँग गरेको सम्झौता अनुुसार काम गर्दै आएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले अनुदान रकम रोकिदिएकोमा आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् ।अदालतले निजी फर्म र कम्पनी आयोजनाको सम्झौताअनुरुपको लक्षित वर्गभित्र नपर्ने र सोहीबमोजिम भुक्तानी रोक्का राख्नु भनी जारी भएको अन्तरिम आदेशको उनीहरुले विरोध गरेका हुन् ।पीडित किसान संघर्ष समितिले आइतबार […]

निष्क्रिय रहेका ८६ सय निजी फर्म नवीकरण

दर्ता गरेर लामो समयदेखि निष्कृय रहेका ८ हजार ६ सय ८ निजी फर्म (कम्पनी) नवीकरण भएका छन् । सरकारले चालू आर्थिक वर्षको पुस मसान्तसम्म नवीकरण गर्ने निजी फर्मलाई जरिवाना शुल्क ९५ प्रतिशत छुटको व्यवस्था गरेको थियो ।सोही सुविधाको उपयोग गर्दै ८ हजार ६ सय ८ निजी फर्म नविकरण भएका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता […]

निजी फर्मको नवीकरण अवधि थप,असार मसान्तसम्म नवीकरण गर्न पाउने

सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो । यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् । उक्त फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।          विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढार्इं साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा रु २० लाख अधिकृत पूँजीभन्दा कम भएका फर्मका लागि वार्षिक रु दुई हजारका दरले र रु २० लाखभन्दा बढी पूँजी भएका फर्मका लागि वार्षिक रु पाँच हजारका दरले थप नवीकरण शुल्क तोकिएको बताउनुभयो ।          उक्त शुल्क तिरेर लामो समयदेखि नवीकरण रोकिएका निजी फर्मले नवीकरण गर्ने बाटो खुलेको हो । विभागमा दर्ता भएका करिब पाँच हजार निजी फर्ममध्येमा आधाभन्दा बढीले नवीकरण गरेका छैनन् । नेपाल सरकारले तोकेको निकायमा दर्ता नगरी व्यावसायिक प्रकृतिका प्राइभेट फर्म सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । साथै दर्ता भए पश्चात तोकिएको समयावधिभित्र समय समयमा नवीकरण गर्नुपर्ने हुन्छ । अन्यथा तेस्ता फर्म कारोवार निरन्तरताका लागि वैधानिक मानिदैन ।

बिजुलीको बिल नतिर्ने ४२ जना ग्राहक कालो सूचीमा

रसुवा,– रसुवामा विद्युत महसुल नतिर्ने ४२ ग्राहक कालो सूचीमा परेका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार कालो सूचीमा पर्नेमा छवटा सरकारी कार्यालय छन् ।  चारवटा निजी फर्म र ३२ जना व्यक्तिलाई समेत कालो सूचीमा राखिएको बताइएको छ । देश संघीयतामा जानुपूर्व रहेका साविकका गाविसले महसुल नतिरेका केन्द्र प्रमुख कृष्णहरि...