निजी फर्मको नवीकरण अवधि थप,असार मसान्तसम्म नवीकरण गर्न पाउने

सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो । यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् । उक्त फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।          विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढार्इं साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा रु २० लाख अधिकृत पूँजीभन्दा कम भएका फर्मका लागि वार्षिक रु दुई हजारका दरले र रु २० लाखभन्दा बढी पूँजी भएका फर्मका लागि वार्षिक रु पाँच हजारका दरले थप नवीकरण शुल्क तोकिएको बताउनुभयो ।          उक्त शुल्क तिरेर लामो समयदेखि नवीकरण रोकिएका निजी फर्मले नवीकरण गर्ने बाटो खुलेको हो । विभागमा दर्ता भएका करिब पाँच हजार निजी फर्ममध्येमा आधाभन्दा बढीले नवीकरण गरेका छैनन् । नेपाल सरकारले तोकेको निकायमा दर्ता नगरी व्यावसायिक प्रकृतिका प्राइभेट फर्म सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । साथै दर्ता भए पश्चात तोकिएको समयावधिभित्र समय समयमा नवीकरण गर्नुपर्ने हुन्छ । अन्यथा तेस्ता फर्म कारोवार निरन्तरताका लागि वैधानिक मानिदैन ।

सम्बन्धित सामग्री