गुल्मी – भारतको अयोध्या र गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गाको धार्मिक एवम् ऐतिहासिक सम्बन्धलाई विस्तार गर्न गुल्मीमा सन्त सम्मेलन हुने भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा आउँदो वैशाख २३ देखि ३१ गतेसम्म श्रीराम महायज्ञ कथा वाचन महोत्सव एवम् विराट सन्त भक्त दर्शन मेलाको आयोजनासहित सम्मेलन गर्न लागिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयाे ।
रेसुङ्गालाई धार्मिक एवम् पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्ने उद्देश्यले वैशाखको तेस्राे हप्ता रेसुङ्गाको पोखरी क्षेत्रमा सन्त सम्मेलन...