काठमाडाैं : दार्चुला जिल्लाको नेपाल–भारत सीमामा भारतले बनाउँदै गरेको तटबन्धको सरकारले अनुगमन गर्ने भएको छ।प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर परराष्टमन्त्री प्रदीप ज्ञवालीले दुई देशको सीमा नजिक भारत सरकारले तटबन्ध बनाउँदै गरेको विषयबारे सरकारलाई सूचना आएको र त्यसको अनुगमन गरिने बताए।प्रतिनिधिसभाको अघिल्लो बैठकमा सांसद दिलेन्द्र प्रसाद बडूले भारतले सीमा क्षेत्रमा एकतर्फी रुपमा तटबन्ध बनाइरहेको भन्दै त्यसबारे सरकारलाई जानकारी भए नभएको प्रश्न गरेका थिए।संसदको सोमबारको बैठकमा बोल्दै मन्त्र