काठमाडौँ– नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ सय ४८ पिसिआर परीक्षणका क्रममा १२ जना र ४ सय ७६ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन भने थप २९ संक्रमित निको भएका छन् । […]