२० कात्तिक, पोखरा । पश्चिमाञ्चल होटल संघ पोखरा (हान)ले तिहारका अवसरमा आज शनिबार १४औं भाइटीका महोत्सव आयोजना गरेको छ । लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा हुने महोत्सव दिउँसो साढे २ बजेदेखि सुरु हुने संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवले कोभिड महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रमा आशा जगाउने र आपसी भाइचारा बढाउने लक्ष्य राखेको […]