काठमाडौं : नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ। शनिवार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सूची सार्वजनिक गरेको हो।
यो सँगै कांग्रेस क्रियाशील सूची सार्वजनिक भएको जिल्लाको संख्या ६९ पुगेको छ। अब ८ जिल्लाको क्रियाशील सूची सार्वजनिकका लागि काम भइरहेको कांग्रेसले जनाएको छ।…