स्वास्थ्य मापदण्ड पालना गर्दै १० देशबाट नियमित उडान

विभिन्न १० वटा देशबाट त्रिभुवन विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । कुवेत, मलेसिया, कतार, दुवई, साउदी, चीन, टर्की, श्रीलङ्का, भारत र सिङ्गापुरबाट नियमित उडान हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका लागि २० वटा वायुसेवा कम्पनीले ३० वटा बढी गन्तव्यमा उडान गर्दे आए पनि हाल १० देशबाट नियमित उडान गर्दै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता पे्रमनाथ ठाकुरले जानकारी दिनुभयो । कोरोना संक्रमणको दर वृद्धि हुँदै गए पनि स्वास्थ्य मापदण्ड पालना गराएर आवागमनलाई निरन्तरता दिँदै आएको छ।

सम्बन्धित सामग्री

पर्यटनमा आशा

कोरोना संक्रमण भित्रिन नदिन सरकारले डेढ वर्षदेखि पर्यटक आगमनमा विभिन्न किसिमले लगाएको बन्देज हटाएको छ । यसबाट तत्कालै पर्यटक आगमन ठूलो संख्यामा वृद्धि त नहोला तर जोखिमकै बीच नेपाल आउन चाहने पर्यटक भने आउन सक्नेछन् । पर्यटन व्यवसायीले राख्दै आएको माग पूरा भएकाले सरकारको निर्णयको उनीहरूले स्वागत गरेका छन् । यतिले मात्रै पर्यटक आगमन बढाउन सक्ला त ? अहिले विश्वभरि नै अत्यधिक छूटमा पर्यटनका प्याकेज ल्याइरहेको छ । त्यही रणनीतिअनुसार नेपालले पनि पर्यटनको बजार खोज्नु उपयुक्त हुन्छ । अहिले पर्यटनको विश्वबजार सबैजसो खुलिसकेको अवस्था छ । विभिन्न पर्यटकीय गन्तव्यहरूमा पर्यटकको भीड देखिएको पनि पाइन्छ । तर, बाह्य पर्यटक भने कमै देखिएका छन् । त्यसैले विभिन्न देशले अहिले पर्यटन व्यवसायलाई गति दिन आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्ने नीति लिएका छन् र त्यसको कार्यान्वयनले सकारात्मक परिणाम दिएको पनि पाइएको छ । यद्यपि विश्व पर्यटन बजार पूर्णरूपमा पुरानै लयमा फर्किन अझै २/३ वर्ष लाग्ने प्रक्षेपण सम्बद्ध संस्थाहरूले गरिरहेका छन् । यस्तोमा नेपालले पर्यटक आगमन खुला गरेर विश्व पर्यटन बजारमा सकारात्मक सन्देश दिन त खोजेको छ । तर, उनीहरूलाई आकर्षित गर्नेगरी प्रचारप्रसार तथा प्रडक्ट ल्याउन तथा सुरक्षित छ भन्ने सन्देश दिन भने ठोस कदम चालिएको पाइँदैन । यसअघि बाह्य मुलुकबाट आउने पर्यटकका लागि क्वारेन्टाइनको अनिवार्य व्यवस्था थियो । साथै, उनीहरूलाई अनअराइभल भिसा पनि उपलब्ध थिएन । १ हप्ताजति नेपाल घुम्ने योजना बनाउने पर्यटकलाई त्यति नै दिन क्वारेन्टाइनमा बस्न परेपछि नेपाल आउने अर्थै रहेन । त्यसमा पनि क्वारेन्टाइन अवधिमा पूरै कोठामा थुनिएर बस्नुपर्ने र उसले कुनै पनि पर्यटकीय गतिविधिमा सहभागी हुन नसक्ने भएपछि उनीहरू नेपाल आउने कुरै भएन । यद्यपि हिमाल आरोहणका लागि पनि केही पर्यटक नआएका होइनन् । नया“ व्यवस्थाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका तथा ७२ घण्टे पीसीआर रिपोर्टबाट कोरोना नेगेटिभ देखिएका पर्यटकले विमानस्थलमै भिसा प्रक्रिया पूरा गर्न सक्ने र त्यही“बाटै पर्यटकीय गन्तव्यमा जान सक्ने बनाएको छ । यसरी व्यवसायीको माग पूरा भएको छ । तर, पर्यटकलाई ल्याउन पर्यटन व्यवसायीले नया“ ढंग, प्रडक्ट र रणनीति तय नगरेर पुरानै तरीकालाई निरन्तरता दिए यो नया“ व्यवस्थाले पनि पर्यटक नआउन सक्छन् । नेपालले पर्यटकहरूका लागि आगमन खुला गरे पनि नेपालको पर्यटनको स्रोत बजार भएका मुलुकले नेपाललाई रेड जोन अर्थात् कोरोनाको जोखिम उच्च रहेको क्षेत्रमा राखिरहेका छन् । अहिले संक्रमितको संख्या निकै घटेको भए पनि रेड जोनमा राखिएपछि ती देशबाट नेपाल आउन त्यति सहज हुँदैन । ती देशमा सबैजसो नागरिकले भ्याक्सिन लगाइसकेका छन् तैपनि जोखिम उत्तिकै रहेकाले उनीहरूले आफ्ना नागरिकलाई नेपालमा जान पक्कै पनि सल्लाह नदेलान् । यस्तो बेला कूटनीतिक क्षेत्रको काम महत्त्वपूर्ण हुन्छ । नेपालको कूटनीतिक क्षेत्रले नेपाल पर्यटकका लागि सुरक्षित छ, खोप र स्वास्थ्य मापदण्ड पालना सही ढंगले भएको छ भनेर विश्वास दिलाउन पहल गर्नुपर्ने हुन्छ । तर, त्यस्तो भएको देखि“दैन । कूटनीतिक क्षेत्रले सही ढंगले ती देशमा सकारात्मक सन्देश लान सकेको भए नेपालमा खोप अभियान व्यापक नभएको अवस्थामा पनि पर्यटक आउन सक्छन् । तर, नेपाल सुरक्षित छ भन्ने सन्देश दिन कूटनीतिक क्षेत्र सफल भएको देखिँदैन । पर्यटनको स्रोत बजारमा नियमित उडान शुरू हुन थालेका छन् । ती ठाउँमा सरकार, नेपाल पर्यटन बोर्ड तथा व्यवसायीले प्रचारको काम थाल्नुपर्छ । तत्कालै पर्यटक नआए पनि छूटका साथ रिजर्भेशन गराउन थाल्नु उपयुक्त हुन सक्छ । अहिले विश्वभरि नै अत्यधिक छूटमा पर्यटनका प्याकेज ल्याइरहेको अवस्था छ । त्यही रणनीति अनुसार नेपालले पनि पर्यटनको बजार खोज्नु उपयुक्त हुन्छ । भ्याक्सिन नलगाएका पर्यटकले पनि क्वारेन्टाइनका बेलामा गर्न सक्ने केही प्रडक्ट ल्याउनुपर्छ । त्यस्तै भीडभाड नहुने पदयात्राजस्ता विभिन्न प्याकेजमा बढी केन्द्रित हुनुपर्छ । अन्य देशमा नहुने खालको पर्यटकीय गतिविधिमा केन्द्रित रहेर प्याकेज ल्याउँदा पर्यटक आगमन बढ्न सक्छ । साथै, स्तरीय पर्यटक ल्याउन यो नयाँ अवसर पनि बन्न सक्छ ।