वैदेशिक रोजगारीको कहर : रातो बाकसमा फर्किन्छन् सपना

काठमाडौं : चैत दोस्रो साता म्याग्दीका धर्मलाल रोकामगरको वैदेशिक रोजगारीका क्रममा मृत्यु भयो। उनका ८० वर्षीय बाबु धनबहादुर रानामगरलाई अन्य दुई छोरा तमबहादुर र भक्तबहादुरको मृत्युको पीडा त थियो नै, त्यसमाथि अर्को पीडा थपियो। धनबहादुरको परिवारमा यो तेस्रो बज्रपात थियो। १२ वर्षअघि माहिला छोरा तपबहादुरको कता...

सम्बन्धित सामग्री

कतारसँगको श्रम सम्झौता : ‘फलाम तातेकै बेला पिट्नुपर्छ !’

कोरोना कहरपछि बिस्तारै वैदेशिक रोजगारी चलायमान हुँदैछ । यद्यपि कोरोना कहर भने रोकिएको छैन । यस बीचमा धेरै नेपालीहरूले रोजगारी गुमाएर स्वदेश फर्किएका छन् । कतिले त पुनः वैदेशिक यात्रालाई नै पछ्याएका छन् । नेपालीहरूको आकर्षक श्रम गन्तव्य देशहरूले श्रमिकका हक र अधिकारका दायराहरू फराकिलो पार्दै लगिरहेका छन् । कतार, साउदी अरे...

कतारसँगको श्रम सम्झौता : ‘फलाम तातेकै बेला पिट्नुपर्छ !’

कोरोना कहरपछि बिस्तारै वैदेशिक रोजगारी चलायमान हुँदैछ । यद्यपि कोरोना कहर भने रोकिएको छैन । यस बीचमा धेरै नेपालीहरूले रोजगारी गुमाएर स्वदेश फर्किएका छन् । कतिले त पुनः वैदेशिक यात्रालाई नै पछ्याएका छन् । नेपालीहरूको आकर्षक श्रम गन्तव्य देशहरूले श्रमिकका हक र अधिकारका दायराहरू फराकिलो पार्दै लगिरहेका छन् । कतार, साउदी अरेबिया र यूएई लगायतका देशहरूले श्रम ऐनमा व्यापक फेरबदल गरिरहेका छन् । यसले लाखौँ आप्रवासी कामदारहरूलाई केही हदसम्म भए पनि राहत मिलिरहेको छ । कतारसँग नेपालले सन् २००५ यता श्रम सम्झौता गर्न सकेको छैन ...

न काेरोनाको कहर, न संसारसँगको सम्पर्क नै

अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको दुई वर्षदेखि भेडापालनमा होमिएका हिमबहादुर छन्त्याल (देवान) यही भेडीगोठ सम्हालेर बस्नुभएको छ । धवलागिरि आधार शिविर नजिकै पर्ने रुवाचौरको यही आकर्षक फाँटमा छ छन्त्यालको भेडीगोठ । करिब दुईदशक लामो वैदेशिक रोजगारिलाई त्यागेर स्वदेश फर्किएका छन्त्यालले शहरको सुखसयललाई त्यागेर आफ्ना पुर्खाले पसिना बगाएको थलोमा फर्किएका थिए । जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा जन्मिएका छन्त्यालको परिवारको बसोबास पोखरामा रहे पनि वैदेशिक रोजगारी त्यागेर फर्किएका उहाँले आफ्ना पुर्खाहरुले जीवन विताएको जङ्गल र भिरपाखाहरुको परम्परागत गोठ नै पछ्याउँदै हुनुहुन्छ । धवलागिरि गाउँपालिका– ५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविरमा भेडीगोठ राखेका छन्त्याललाई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले छोएको छैन । शहरी क्षेत्रमा कोरोना नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञाका कारण घरबाट बाहिर निस्कनसमेत हम्मेहम्मे पर्ने गरे पनि बस्तीदेखि घण्टौँ टाढाको दूरीमा गोठ राखेका उनको दैनिकीलाई महामारीको प्रभावले छोएको छैन । बिहान उठेपछि भेडाबाख्राको सङ्ख्या बुझ्ने, दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने उहाँको नियमित दैनिकी हो । लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनः गोठमै फर्कनेबाहेकको अर्काे केही हुँदैन उहाँको दैनिकी । विकासको तीव्र गतिमा अघि बढेको सिङ्गापुर र मलेसियामा करिब दुईदशक लामो समय बिताएका ४० वर्षीय छन्त्यालले अहिले दुर्गम र अति विकट क्षेत्रमा गोठको दैनिकीमा आफूलाई घुलमिल गराइसक्नुभएको छ ।