हानकी अध्यक्ष राणाले पर्यटन मन्त्रीलाई भनिन्, ‘याक एण्ड यति बन्द गर्ने निर्णय ठिक भएन’

होटल संघ नेपाल (हान) की अध्यक्ष सृजना राणाले पाँच तारे होटल याक एण्ड यति बन्द गर्ने पर्यटन मन्त्रीको निर्णय गलत भएको बताएकी छिन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेरै हानकी अध्यक्ष राणाले होटल याक एण्ड यतिको इजाजत खारेजीको विषयमा गम्भीर ध्यानाकर्षण गराएकी हुन् । उनले यसबाट श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक तथा करार अन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउन समस्या पर्ने जानकारी गराईन् । एकातिर कोभिडको महामारीले पर्यटन व्यवसाय धरासायी भएको अवस्थामा पर्यटन व्यवसायमा देखिएका यस्ता समस्याले नेपालमा पर्यटन क्षेत्रमा लगानीको वातावरणका विषयमा नकारात्मक सन्देश जाने भन्दै अध्यक्ष राणाले होटल सञ्चालनको निरन्तरताको माग गरेकी छिन् । उनले नियम पालना गराउने मामलामा हानको सहयोग रहने तर, होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पु¥याएको योगदान कदर गर्दै होटल जस्तो ठूलो लगानी भएको प्रतिष्ठानहरुले अर्थतन्त्रलाई पु¥याएको योगदानको कदर हुनुपर्ने माग गरिन् । 

सम्बन्धित सामग्री

याक एण्ड यतीको संकट : पाँचतारे ताजविहीन सुनसान लालदरबार

नेपाली पर्यटन उद्योगमा ताल्चा खोलेको याक एण्ड यती होटल अहिले आफैं ताल्चा लगाएर बस्नुपर्ने बाध्यतामा पुगेको छ ।

याक एण्ड यती होटलमाथिको कारवाही फिर्ता लिन हानको माग

होटल संघ नेपाल (हान)ले पाँच तारे होटल याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटी कर नतिरेको विषयलाई लिएर याक एण्ड यतीको इजाजत खारेज गर्ने निर्णय फिर्ता लिन आग्रह गरेकी हुन् । अध्यक्ष कुनै पनि व्यक्ति वा […]

याक एण्ड यती बन्द गर्ने पर्यटन विभागको निर्णय

पर्यटन विभागले पाँच तारे होटल याक एण्ड यती बन्द गर्न निर्णय गरेको छ । क्यासिनो सञ्चालन गरेर होटलले सरकारलाई रोयल्टी भुक्तानी नगरेको भन्दै विभागले होटल बन्द गर्ने निर्णय गरेको छ ।विभागले २८ माघमा सूचना जारी गरेर क्यासिनो सञ्चालनगरेवात लामो समदेखि रोयल्टी नबुझाएकाले याक एण्ड यती होेटलको नाममा जारी भएको क्यासिनो सञ्चालनको इजाजत पत्र रद्द गर्ने […]

याक एण्ड यती पछि नेपालगन्जको ड्रिमल्याण्ड होटल बन्द गर्ने मन्त्री आलेको निर्णय

काठमाडौँ – क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । २० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) […]

याक एण्ड यति होटलको पाँचतारे र क्यासिनो इजाजत रद्ध

काठमाडौं – रोयल्टी नबुझाएको भन्दै सरकारले दरबारमार्गमा रहेको याक एण्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत खोसेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रोयल्टी नबुझाएको भन्दै इजाजत रद्ध गरेको हो। होटलले करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको सरकारको ठहर छ। राज्यलाई बुझाउनुपर्ने रकम पटकपटक ताकेता गर्दा पनि नबुझाएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर […]

याक एण्ड यति होटलको इजाजत रद्द

पर्यटन विभागले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती तथा त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ ।होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर जम्मा ४२ करोड २५ लाख ६८ हजार बुझाउन बाँकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न बुधबार निर्देशन दिएको हो ।पटक-पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि […]