मन्त्री आले एक्शनमा, राजश्व नतिरेको भन्दै याक एण्ड यति होटलको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द

काठमाडौं, २६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४२ करोड रुपैयाँ भन्दा बढी राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै याक एण्ड यति होटलको क्यासिनोको इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेका छन् । पर्यटन विभागनले मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटलको पाँच तारे स्तरको वर्गीकरण प्रमाणपत्र समेत […]

सम्बन्धित सामग्री

आफूसँग लाइसेन्स नभएको क्यासिनोको दायित्व बहन गर्दैनौं : होटल याक एण्ड यती

याक एण्ड यति होटलले सरकारलाई रोयल्टी तिर्न बाँकी नभएको दावी गरेको छ ।सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा राजस्व वापतको रकमसमेत तिर्न बाँकी नभएको होटलको दावी छ । याक एण्ड यतीका कानुनी सल्लाहकार रमण कर्णले क्यासिनो सञ्चालनको इजाजतपत्र वापत नेपाल सरकारलाई बुझाउनु पर्ने रोयल्टी, इजाजत पत्र र नवीकरण दस्तुरको वक्यौता नरहेको दावी गरे । उनले व्यवसाय […]

याक एण्ड यती बन्द गर्ने पर्यटन विभागको निर्णय

पर्यटन विभागले पाँच तारे होटल याक एण्ड यती बन्द गर्न निर्णय गरेको छ । क्यासिनो सञ्चालन गरेर होटलले सरकारलाई रोयल्टी भुक्तानी नगरेको भन्दै विभागले होटल बन्द गर्ने निर्णय गरेको छ ।विभागले २८ माघमा सूचना जारी गरेर क्यासिनो सञ्चालनगरेवात लामो समदेखि रोयल्टी नबुझाएकाले याक एण्ड यती होेटलको नाममा जारी भएको क्यासिनो सञ्चालनको इजाजत पत्र रद्द गर्ने […]

रोयल्टी नतिर्ने ड्रिमल्याण्ड होटेल र क्यासिनोलाई पनि सरकारले गरायो बन्द

रोयल्टी नतिरेका क्यासिनो र क्यासिनो रहेका होटेललाई सरकारले कारबाही गरेको छ । सोही क्रममा उनले मंगलवार काठमाडौंको याक एण्ड यति र नेपालगन्जको ड्रीम ल्याण्ड होटेल बन्द गर्ने निर्णय गरेका छन् । नेपालगन्जको ड्रिमल्याण्डमा ह्वाप्पी आवर प्रालिले क्यासिनो चलाइरहेको थियो । तर, यो क्यासिनोले सरकारलाई ३८ करोड १० लाख ४५ हजार रुपैयाँ रोयल्टी बुझाएको थिएन । सरकारले यो क्यासिनो र होटल दुवै बन्द गराउने निर्णय गरेको पर्यटन विभागले जानकारी गराएको छ ।

याक एण्ड यती पछि नेपालगन्जको ड्रिमल्याण्ड होटल बन्द गर्ने मन्त्री आलेको निर्णय

काठमाडौँ – क्यासिनो सञ्चालनबापतको साढे ४२ करोड रोयल्टी नतिर्ने दरबारमार्गस्थित होटल याक एण्ड यती बन्द गराएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अर्को निर्णय पनि गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णयबाट मिनी क्यासिनो सञ्चालन गरिरहेको नेपालगन्जस्थित ड्रिमल्याण्ड होटल पनि बन्द गराएका हुन् । २० भदौ ०६७ मा मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल) […]

मन्त्री आलेले रद्द गरिदिए याक एण्ड यति होटेलको ५ तारे वर्गीकरण र क्यासिनो इजाजत

काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सो इजाजत रद्द गरिएको हो ।बुधबार याक एण्ड यति होटल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले जानकारी दिए । नेपाल सरकारले विसं २०४८ पुस २२ गते उक्त होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो ।नेपाल सरकारलाई तिर्नु, बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा यस विभागको अभिलेखमा आर्थिक वर्ष २०७६–०७७ सम्मको बँकी बक्यौता आर्थिक वर्ष २०७७–०७८ को इजाजतपत्र नवीकरण दस्तुर, आव २०७८–०७९ को रोयल्टी दस्तुर समेत गरी रु ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुनअनुसार क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले बताए ।पर्यटन विभागले यो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहयोग गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पनि पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई उक्त होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन समेत अनुरोध गरेको छ ।बाँकी बक्यौता दाखिला गर्न गत कात्तिक ७ मा ३५ दिने र मिति २०७८ पुस २७ गते १५ दिने अवधि तोकी पत्राचार गरिएको थियो । उक्त रकम दाखिला नगरेको देखिएकाले यही माघ १९ गतेको गोरखापत्रमा ७ दिनभित्र क्यासिनो सञ्चालन बापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गर्दा पनि तोकिएको अवधिभित्र दाखिला नगरेकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस होटलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजतपत्र रद्द गर्ने, होटलको पाँच तारा स्तरको वर्गीकरण प्रमणपत्र रद्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको हो । विभागले बुधबारै उक्त होटललाई होटल तथा क्यासिनो सञ्चालन नगर्न नगराउन सूचना पनि पठाइएको जनाएको छ ।

याक एण्ड यति होटलको पाँचतारे र क्यासिनो इजाजत रद्ध

काठमाडौं – रोयल्टी नबुझाएको भन्दै सरकारले दरबारमार्गमा रहेको याक एण्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत खोसेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रोयल्टी नबुझाएको भन्दै इजाजत रद्ध गरेको हो। होटलले करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको सरकारको ठहर छ। राज्यलाई बुझाउनुपर्ने रकम पटकपटक ताकेता गर्दा पनि नबुझाएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर […]

याक एण्ड यति होटलको इजाजत रद्द

पर्यटन विभागले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती तथा त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ ।होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर जम्मा ४२ करोड २५ लाख ६८ हजार बुझाउन बाँकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न बुधबार निर्देशन दिएको हो ।पटक-पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि […]

राजश्व ठग्ने याक एण्ड यतिको फाइभस्टार दर्जा र क्यासिनो लाइसेन्स रद्द

काठमाडौँ । पर्यटनले याक एण्ड यति होटेलको क्यासिनोको लाइसेन्स रद्द गरेको छ । ४२ करोड रुपैयाँ भन्दा बढी राजश्व नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेरी गरेको भन्दै मन्त्रीस्तरीय निर्णयबाट याक एण्ड यति होटेलको पाँच तारे स्तरको वर्गीकरण प्रमाणपत्र समेत रद्द गर्ने निर्णय भएको विभागले जनाएको छ । होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति […]