पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार (जनवरी १ तारिख) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरू उत्साहित देखिएका हुन् । वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन् । कम्पनीहरूले नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको