विश्व स्वास्थ्य संगठनद्धारा आगामी महिना कोभिडको समस्या थप बढ्ने चेतावनी

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ ।     उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गर्नुभएको बताइएको छ ।          महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको छ भन्दै यो समस्या आगामी महिनाहरुमा थप बढ्ने बताउनुभएको हो ।     शुक्रबार आयोजना गरिएको एक भर्चुअल बैठकमा सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।           गेब्रेयसले भन्नुभयो– कतिपय नर्दन हेम्सफियरका देशहरुमा यो समस्या अझै बढ्दै गएको छ, ती देशका नागरिकले अहिले पनि निकै समस्या भोगेका छन् र कैयौँको ज्यान पनि गएको छ ।     विश्वका कतिपय देशका बढ्दो मात्रामा देखिएको महामारी हेर्दा पनि आगामी दिनहरु थप समस्यग्रस्त हुनसक्ने भन्दै अहिले हामी महामारीको निकै समस्याको अवस्थामा छौँ भन्नुभएको छ ।          हालैमात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको थियो ।

सम्बन्धित सामग्री

स्वास्थ्य राज्यमन्त्री र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुखबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवबीच भेटवार्ता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए ।उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयो

विश्व स्वास्थ्य संगठन स्थापना भएको त्यो दिन

आजकै दिन अर्थात सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो । विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो । हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो । सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लाग

विश्वभर करिब ६० लाख कोराना संक्रमितको मृत्यु : विश्व स्वास्थ्य संगठन

कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (झण्डै ६० लाख) पुगेको छ । विश्वभर ४४ करोड ४० लाख ८० हजार सात हजार ७५६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । विश्वका अधिकांश मुलुकमा कोभिड सङ्क्रमण परीक्षणले सङ्क्रमित सबैलाई नसमेटेको भन्दै सङ्क्रमित मृतक र सङ्क्रमित विरामीको सङ्ख्या तथ्याङ्कमा देखिएकोभ

पूर्वी युरोपमा ओमिक्रोन भेरियन्टको जोखिम उच्च : विश्व स्वास्थ्य संगठन

३ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठनले पूर्वी युरोपमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम उच्च रहेको बताएको छ । मंगलबार युरोपका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्ति जारी गर्दै पूर्वी युरोपमा ओमिक्रोनको जोखिम उच्च रहेको बताएका हुन् । ओमिक्रोनबाट हुने नयाँ संक्रमणको लहर पूर्वी युरोपतर्फ फैलिन थालेको क्लुगेको […]

ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ । पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिसहरू सङ्क्रमित भइरहेका कारण स्वास्थ्य व्यवस्थामा चाप बढाएको डब्लूएअचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले भनेका छन् ।सोमबार अमेरिकामा २४ घण्टाको अन्तरमा १० लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । डब्लूएचओक

यात्रा प्रतिबन्ध मात्र समाधान होइनः विश्व स्वास्थ्य संगठन

हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

ओमिक्रोन भेरियन्टका जोखिम : नेपाललाई पूर्वतयारी गर्न विश्व स्वास्थ्य संगठन आग्रह

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९)  नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।डब्यूचओले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच

नयाँ स्वरुपमा देखा परेको कोरोना संक्रमण झनै घातक : विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको नयाँ संक्रमण नयाँ स्वरुपमा फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस विश्वमा फेरि पनि फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । सो भाइरस विश्वभर फैलन नदिन यात्रामा प्रतिबन्ध लगाउन पनि डब्लुएचओले आग्रह गरेको छ । नयाँ […]