विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) कोरोनाभाइरस (कोभिड–१९) नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।डब्यूचओले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच