गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।सर्वोच्चले वैशाख ६ मा गर्भनर अधिकारीलाई पदीय जिम्मेवारीमा फर्कन अन्तरिम आदेश जारी गरेको थियो । दुवै पक्षको छलफलपछि सर्वोच्चले शुक्रबार अन्तरिम आदेशलाई निरन्तरताको आदेश दिएको हो । सर्वोच्चले वैशाख ६ मै दिएको अन्तरकालीन अन्तरिम आदेशपछि गर्भनर अधिकारी आफ्नो निय

सम्बन्धित सामग्री

सर्वोच्चले गभर्नर अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दियो

काठमाण्डाै – सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउनुहुने भएको छ । सरकारले छानबिन गर्न समिति गठन गरेपछि निलम्बनमा पर्नुभएका गभर्नर अधिकारी सर्वाेच्चले वैशाख ६ गते अल्पकालीन अन्तरिम आदेश दिएपछि काम...

गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दाहेर्दैमा

वैशाख १३, काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । मंगलवार भएको सुनुवाईमा अदालतले गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दामा राखेको हो । सरकारीका तर्फबाट जवाफ दिन समय नपुगेकाले रिट अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेको हो । गभर्नर अधिकारीको पक्षबाट कानून व्यवसायी नरेन्द्र गौतम र सुरेन्द्र थापाले बहस गरेका थिए । उनीहरूले गभर्नरको कार्यकाल निश्चित भएकाले हटाउन नमिल्ने बताएका थिए । अव अर्को सुनुवाई बिहीवार हुने स्रोतले बताएको छ । अव दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने/ नदिने निर्णय गर्नेछ ।  गभर्नर अधिकारी र उनलाई निलम्बन गर्ने सरकारी पक्ष दुवै सर्वोच्च अदालत गएका थिए । न्यायाधीश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । अदालतले यसअघि दुवै पक्षलाई विस्तृत छलफलको लागि बोलाउँदै गभर्नर अधिकारीलाई काममा नरोक्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिए अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर नैतिक संकटमा पर्नेछन् भने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश भएमा गभर्नर अधिकारी घर जानुपर्नेछ । गत चैत २५ गतेबाट निलम्बित भएका गभर्नर अधिकारी ११ दिनपछि राष्ट्र बैंकमा अदालतको फैसलापछि हाजिर भएका थिए।

गभर्नर महाप्रसाद अधिकारीको रिटमा मंगलवार छलफल हुँदै

वैशाख १३, काठमाडौं। नेपाल राष्ट्र बैंकका  गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा मंगलवार छलफल हुँदैछ ।  सर्वोच्च अदालतको एकल इजलासबाट अल्पकालिन अन्तरिम आदेशमार्फत पुनर्स्थापित भएका गभर्नर अधिकारीको रिट न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा पुगेको छ। दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनेरनदिने निर्णय गर्नेछ । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिए अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर नैतिक संकटमा पर्नेछन् भने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश भएमा गभर्नर अधिकारी घर जानुपर्नेछ । अघिल्लो पटक हरिप्रसाद फुँयालको एकल इजलासले गभर्नर अधिकारीलाई अल्पकालिन अन्तरिम आदेश दिंदै दुबै पक्षलाई वैशाख १३ गते मंगलवार बोलाउने निर्णय गरेको थियो। साथै सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अन्तरिम आदेश जारी गर्ने/ नगर्ने विषयमा छलफल गर्न पेशी तोकेको थियो । गत चैत २५ गतेबाट निलम्बित भएका गभर्नर अधिकारी ११ दिनपछि राष्ट्र बैंकमा अदालतको फैसलापछि हाजिर भएका थिए।