गभर्नर महाप्रसाद अधिकारीको रिटमा मंगलवार छलफल हुँदै

वैशाख १३, काठमाडौं। नेपाल राष्ट्र बैंकका  गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा मंगलवार छलफल हुँदैछ ।  सर्वोच्च अदालतको एकल इजलासबाट अल्पकालिन अन्तरिम आदेशमार्फत पुनर्स्थापित भएका गभर्नर अधिकारीको रिट न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा पुगेको छ। दुवै पक्षसँगको छलफलपछि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनेरनदिने निर्णय गर्नेछ । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिए अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर नैतिक संकटमा पर्नेछन् भने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश भएमा गभर्नर अधिकारी घर जानुपर्नेछ । अघिल्लो पटक हरिप्रसाद फुँयालको एकल इजलासले गभर्नर अधिकारीलाई अल्पकालिन अन्तरिम आदेश दिंदै दुबै पक्षलाई वैशाख १३ गते मंगलवार बोलाउने निर्णय गरेको थियो। साथै सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अन्तरिम आदेश जारी गर्ने/ नगर्ने विषयमा छलफल गर्न पेशी तोकेको थियो । गत चैत २५ गतेबाट निलम्बित भएका गभर्नर अधिकारी ११ दिनपछि राष्ट्र बैंकमा अदालतको फैसलापछि हाजिर भएका थिए। 

सम्बन्धित सामग्री

अर्थतन्त्रमा सहजता देखिँदैछ : गभर्नर महाप्रसाद अधिकारी

१८ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा पछिल्लो मङ्सिरयता सहजता देखिन थालेका छन । तर, जोखिम कम नभएको भन्दै उनले राष्ट्र बैङ्कले सजगता भने नहटाएको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारणसभामा बोल्दै उनले सोही अनुसार आयातमा केही वस्तुको कडाइ कायम रहेको बताए । बाह्य क्षेत्रमा जोखिम […]

कर्जा केन्द्रीकरणलाई निरुत्साहन गर्ने : गभर्नर महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिनुभएको हो । केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो । कोरोनाकालमा दिइएको पुनरकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुनरकर्जाको […]

नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको जलायो पुतला

काठमाडौं : नेपाल विद्यार्थी संघले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघले बिहीवार आरआर क्याम्पसअगाडि गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै उनको पुतला समेत दहन गरेको छ। उनीहरुले गभर्नर अधिकारीविरुद्ध नारा लगाउँदै उनको राजीनामा माग गरेका थिए। नेकपा (एमाले)को अर्थ विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै…

एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन् : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेको अर्थ विभागमा परेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेका छन्। गभर्नर अधिकारी एमालेको अर्थ विभागमा समावेश भएको भन्ने विषयमा सडकदेखि सदनसम्म कुरा उठेपछि उनले एम अधिकारी भनेको गभर्नर नभएको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘म प्रमुख रहेको नेकपा (एमाले) अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ।  प्रथमतः, स्वयम् गभर्नर महाप

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

सरकारले राष्ट्र बैंककका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारी निलम्बित !

काठमाण्डाै – सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।सरकारले निलम्बन गरेको बारे थाहा भएको र औपचारिक पत्र भने नआइसकेको गभर्नर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।  हिजाे बिहीवार बसेकाे मन्त्रिपरिषद्‍को बैठकले अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेकाे थियाे । उहाँमाथि लागेका आराेपबारे छानबिन गर्न समिति नै गठन गरिएकाे हाे ।

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई निलम्बन गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको हो।...

गभर्नर महाप्रसाद अधिकारी सार्क फाइनान्स अध्यक्षमा चयन

काठमाडौं, ३० कात्तिक । गभर्नर महाप्रसाद अधिकारी सन् २०२१ नोभेम्बर १६ देखि लागू हुनेगरी सार्क फाइनान्सको अध्यक्षमा चयन भएका छन्। २०७८ कात्तिक २९ गते (सन् २०२१ नोभेम्बर १५) मा सम्पन्न  42nd SAARCFINANCE  Governors’ Group Meeting ले आगामी एक वर्षका निम्ति गभर्नर अधिकारीलाई अध्यक्षमा चयन गरेको हो। माल्दीभ्स मनिटरी अथोरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंकलगायत […]