सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ ।
लामो समयदेखि बिरामी पर्नुभएका बर्माको उपचारका क्रममा शनिबार राती मेडिसिटी अस्पताल काठमाण्डौंमा निधन भएको हो । रामनगर गाउँपालिका–१, खैर्बा निवासी बर्माको स्वास्थ्यमा समस्या भएपछि असार १४ गते उपचारका लागि काठमाण्डौं जानुभएको थियो ।
६८ वर्षीय बर्मा लामो समयदेखि मुटु, मधुमेह, उच्च रक्तचाप जस्ता रोगबाट ग्रसित हुनुहुन्थ्यो ।