फागुन १६, काठमाडौं । जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तीय संस्था र प्रभु क्यापिटल बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
२०७८ फागुन १३ गतेदेखि लागू हुने गरी जाल्पा लघुवित्तले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरूको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्ने प्रभु क्यापिटलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।