फाइजरले बढायो खोपको विक्री प्रक्षेपण

साउन १३, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी फर्मा कम्पनी फाइजर इंकले कोरोना भाइरस विरोधी खोपको विक्री प्रक्षेपण बढाएको छ । यस वर्ष ३३ अर्ब ५० करोड डलर मूल्य बराबरको खोप विक्री हुने अनुमान कम्पनीको छ ।  यो यसअघि गरिएको प्रक्षेपणको तुलनामा २८ दशमलव ८ प्रतिशत धेरै हुनेछ । कम्पनीले जर्मन साझेदार बायोएनटेकसँग मिलेर सो खोप बनाएको हो ।  विश्वभरि खोप कार्यक्रमले तीव्रता पाइरहेको समयमा खोपको पर्याप्त मात्रा सूनिश्चित गर्ने प्रयासमा देशहरु लागिरहेकै बेलामा फाइजर विक्री प्रक्षेपण बढाएको हो । कम्पनीले यस वर्ष २ अर्ब १० करोड मात्रा खोपको लागि सम्झौता गरेको छ ।  सोही सम्झौताका आधारमा कम्पनीले विक्री प्रक्षेपण बढाएको हो । थप करार भए भने कम्पनीको विक्री प्रक्षेपण थप बढ्नेछ । फाइजर र बायोएनटेकले यस वर्ष खोपको ३ अर्ब मात्रा उत्पादन गर्ने अपेक्षा गरिएको छ ।  गत हप्ता जोन्सन एण्ड जोन्सनले साढे २ अर्ब डलर र मोडेर्नाले १९ अर्ब २० करोड डलर मूल्य बराबरको खोप विक्री गर्ने प्रक्षेपण सार्वजनिक गरेका थिए । फाइजरको खोप दुई मात्रा लगाउनु पर्छ ।  भविष्यमा कम्पनीको खोपको बूष्टर डोज पनि लगाउनु पर्ने हुन सक्ने फाइजरले बताएको छ । यसो भएमा सन् २०२२ मा कम्पनीको विक्री थप बढ्नेछ । खोपका लागि खर्च र मुनाफा दुवै फाइजर र बायोएनटेकले आधा आधा बाँडेर लिनेछन् । एजेन्सी

सम्बन्धित सामग्री

मंकीपक्स प्रकोपको पूर्व तयारी, अमेरिकाले बढायो खोपको भण्डार

मंक्कीपक्स संक्रमित बढ्ने क्रम नरोकिएपछि अमेरिकी आपतकालीन भण्डारणमा फूड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन (एफडीए) द्वारा अनुमोदित दुईवटा खोप अध्यावधी गर्न सुरु गरिएको छ । अमेरिकाको खोप भण्डारणमा पहिलेदेखि विफरविरुद्ध प्रयोग भएको खोपको १० करोडभन्दा बढी डोजहरू छन् । तर यस खोपले मुटुको मासपेसी सुन्निने समस्या गराउँछ भने रोग प्रतिरोधात्मक समस्या भएका लगायत केही विरामीलाई यो खोप दिइनुहुँदैन । सन् २०१९ मा जीन्नेइयोस भनिने एउटा नयाँ खोप विफर र मंकीपक्स दुवैको रोकथाममा प्रयोग गर्न सकिने भनेर स्वीकृत

खोप लगाउनेको भीडले झन् बढायो कोरोनाको जोखिम

काठमाडौं : सरकारले सार्वजनिक सेवा लिन यही माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गर्ने भएपछि काठमाडौंको सिभिल अस्पतालमा खोपको पहिलो मात्रा लगाउनेहरूको निकै लामो लर्को लागेको छ।सरकारले अघिल्लो वर्ष माघ १४ गते कोरोनाविरुद्ध खोप लगाउन थालेको थियो। खोप केन्द्रहरूमा सुरुदेखि नै खोप लगाउनेको भीड घटेको छैन।पछिल्लो समय भने कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्न थालेपछि सरकारले खोप लगाउन नागरिकलाई बाध्य बनाउन नियम नै लागू गरेको हो।सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढीको भीड भेला

स्वास्थ्य अनुसन्धान परिषद्ले अघि बढायो दुईवटा खोपको ट्रायल प्रक्रिया

काठमाडौं । नेपालमा कोरोनाविरुद्धका दुईवटा खोपको ट्रायल प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या