राष्ट्रपतिले गत आइतबार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ७ दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छन् । आगामी पुस १० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेपछि दलहरुबीच भेटघाट र छलफल युद्धस्तरमा जारी छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दाबी गरेका छन् । काँग्रेसको संसदीय दलको नेता नै प्रधानमन्त्री हुने भएकाले नेता चयन बाँकी रहेकाले को प्रधानमन्त्री हुने बाहिर आइसकेको छैन ।उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनबाट पहि