नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा प्रतिनिधि सभा तर्फ समानुपातिक बसेका छन् । महरा समानुपातिकमा गएपछि उनका निर्वाचन क्षेत्र दाङ २ बाट को उठ्ने चर्चा भन्ने विषयमा पार्टीमा चर्चा सुरु हुन थालेको छ । दाङ जिल्ला पार्टीले २ बाट महरा सहित स्थायी समिति सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस भएको छ । गठबन्धनबाट माओवादीको भागमा परेपछि मुख्य दाबेदार शर्मा र आचार्य नै हुन् । महराको क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी स्थायी समिति सदस्य शर्मासँग चु