सल्यान : गाउँमा बिजुली पुगेकाे खुसीमा साेरठी र टप्पासहित नाचे स्थानीय

सल्यान – दाङसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक बिजुली बत्ती बलेको छ । उज्यालो कालीमाटी गाउँपालिका अभियान सञ्चालन गरेको गाउँपालिकाले आफ्नै लगानीमा बिजुली बलेको हो ।  सल्यानको  कालीमाटी गाउँपालिका ३ काे रामपुरमा गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सनशिलता ओली डिसीले संयुक्त रूपमा विद्युतको उद्घाटन गर्नुभयो । एक करोड ३८ लाख रुपैयाँको लागतमा आर्थिक वर्ष २०७६/०७७ को बजेटअन्तर्गत कालीमाटीमा विद्युत् विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर...