सप्तरी । स्थापनाको पहिलो चरणमै राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा सन्तोषजनक रुपमा विद्यार्थीहरुले प्रवेश लिएका छन् । २०७७ मंसिरमा स्थापना भएको उक्त विश्वविद्यालयमा प्रथम चरणमा स्नातक तहमा विद्यार्थी भर्ना गरेर अध्यापन सुरु गरिएको हो । हाल अध्ययनरत रहेका ५० विद्यार्थी मध्ये छात्राहरुको संख्या समेत उल्लेख्य रहेको उक्त विश्व विद्यालयका उपकुलपति डा. बैधनाथ महतोले जानकारी दिएका […]
The post सुरुवाती चरणमै सफलताका साथ चल्दै कृषि विश्वविद्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
३० जेठ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विभिन्न माग राखेर माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ताला लगाएको एक महिना पुग्यो । विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका निकायमा विद्यार्थीहरूले लगाएको ताला नखुल्दै माओवादी निकटकै नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाइमा जेठ १२ गतेदेखि विश्वविद्यालयमा अर्को ताला थपियो । विभिन्न १२ बुँदे माग […]
चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) काबीच द्विपक्षीय सम्झौता भएको छ । अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवर्द्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय क्षेत्रमा कृषि, वन र वातावरण क्षेत्रमा सहयोग गर्न सम्झौता गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मी र […]
कृषि तथा वन विज्ञान विश्व विद्यालयको पाचौँ अनुसन्धान तथा प्रसार परिषद्को बैठकले विश्वविद्यालयले गर्ने अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ । कृषि क्षेत्रको अनुसन्धानमा यो विश्वविद्यालय अग्रणी मानिन्छ ।बैठकले वातावरण परिवर्तनका कारणले कृषि क्षेत्रमा परेको असर, गहुँ र धानको नयाँ जातको विकास, पशुपालनको क्षेत्रमा बाख्राको नयाँ जातको विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्ने गरी निर्णय गरेको हो । विश्वविद्यालयका अनुसन्धान निर्देशक तथा परिषद् सदस्यसचिव प्राडा अर्जुनकुमार श
जनकपुर । प्रदेश २ सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश प्रदेशसभा बैठकबाट पारित भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले कृषि विश्वविद्यालय सम्बन्धी अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि पेस गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको उपसभामुख उपमा देवले जनाइन् ।यसअघि प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय २०७८ अस्वीकार गर्न पेस गरेको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो ।बैठकम
जनकपुरधाम । प्रदेश २ सरकारले सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालय स्थापनाका लागि तत्काल ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । हिजो (बिहीबार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्न ३१ करोड अनुदान दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार अनुदान रकमले विश्वविद्यालयको […]
प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।प्रदेश २ को अति नै महत्वाकांक्षी कार्यक्रम मानिएको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको सुरुवातसँगै मंगल
प्रदेश नं २ सरकारले कृषि क्षेत्रको विकासका लागि यहाँ कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापनासम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले रासससँग कुरा गर्दै सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारीदिनुभयो । विश्वविद्यालय स्थापना गर्नको लागि तत्काल रु २५ करोड जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उहाँले बताउनुभयो । उहाँले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।