नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका ठेला व्यवसायीलाई परिचयपत्रसँगै क्यूआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ। ठेलालाई व्यवस्थापन गर्न परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए। जथाभावी ठेला राख्ने प्रवृत्तिको अन्त्य गर्न नम्बर प्लेट र परिचयपत्र उपलब्ध गराएर व्यवस्थित बनाइएको उनको भनाइ छ। यसबाट नगरको सौन्दर्य बढाउन पनि सहयोग गर्ने विश्वास लिइएको छ। परिचयपत्र र नम्बर प्लेट प्रदान गर्दै उनले भने, “अनाधिकृत रुपमा ठेला राख्ने कार्य अब ब