ट्राफिक प्रहरीले नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० वटा र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ वटा दुईपाङ्ग्रे सवारी साधनका चालकलाई कारवाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङको क्रममा स्पष्ट रुपमा नम्बरहरु नदेखिने, मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाश तर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । त्यस्तै ठुलो आवाज निकाल्ने ७ वटा मोटरसाइकलका चालक पनि कारबाहीमा परेका छन् । स्पष्ट रुपमा देखिने र बुझिने गरी