लमजुङ। नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो भाग्य कसको हातमा सुम्पने भन्ने कुरा जनताकै हातमा रहेको बताएका छन्। एमाले बेंसीसहर नगरपालिका कमिटीले शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका गुरुङले जनताले भाग्य कसको हातमा दिने भन्ने कुरा जनताकै हातमा रहेको बताएका हुन्।