म्याग्दी : जाडो याम शुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौंरी र भेडीगोठ न्यानो ठाउँको खोजीमा बेँशी सार्न थालिएको छ। म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौंरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँशीमा चहलपहल बढेको छ।मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मुलीखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा/खयर तथा बयली लेकका चौंरी, रघुगंगा र धवलागिरि गाउँ