एनएसजेएफको मैत्री खेलमा जित

काठमाडौं । अन्नपूर्ण ब्रसेल्स क्लब नेपाल बेल्जियम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीच मैत्रीपूर्ण फुटसल खेल मंगलबार सम्पन्न भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा भएको खेलमा मन्चले अन्नपूर्ण ब्रसेल्सलाई ५–४ गोल अन्तरले पराजित ग¥यो । खेलमा अन्नपूर्ण ब्रसेल्सले दुईपटक अग्रता लिए पनि जोगाउन सकेन । मञ्चको जितमा बासु अवाल र दिल तामाङले समान […]

सम्बन्धित सामग्री

अफगानिस्तानविरुद्ध १३ वर्षपछि नेपालको जित

जिलेस्पीजङ्ग कार्की र रोहित चन्दको गोलको सहयोगमा नेपालले शनिबार तीनदेशीय अन्तर्राष्ट्रिय मैत्री फुटबल शृङ्खलामा अफगानिस्तानलाई २–० ले हराएको छ ।

म्यान्चेस्टर युनाइटेडको फराकिलो जित

म्यान्चेस्टर युनाइटेडले शुक्रबार ‘ए’ लिग क्लब मेलबर्न भिक्टोरीलाई ४–१ ले हराएर प्रिसिजनअन्तर्गत अस्ट्रेलियाको भ्रमणमा विजयी सुरुवात गरेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको सो भिडन्त हेर्न रङ्गशालामा ७४ हजार १५७ दर्शकको उपस्थिति रहेको थियो । तीन दिनअघि थाइल्यान्डको बैङ्ककमा भएको मैत्री खेलमा म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई पनि ४–० को फराकिलो अन्तरले हराएको थियो । नयाँ प्रशिक्षक इरिक टेन ह्यागको रेखदेखमा रहेको म्यान्चेस्टर युनाइटेड खेलको पाँचौँ मिनेटमा घरेलु टिमका खेलाडी क्रिस इकोनोमिडिसको गोलबाट पछाडि परेको थियो ।

सफलताको अर्को सिँढी

नेपाली फुटबल टिमका लागि यो हप्ता ऐतिहासिक बन्यो । पहिलो पटक अफ्रिकी राष्ट्रसँग नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्यो । घरेलु मैदानमा अफ्रिकी राष्ट्र मोरिसससँग नेपालले दुई खेलका मैत्री शृङ्खला मात्र खेलेन, दुवै खेलमा जित हासिल गर्न पनि सफल भयो । नेपालले एक दशकपछि अन्तर्राष्ट्रिय मैत्री खेल जितेकाले यो जितको अझ बढी चर्चा भयो । नेपालले मोरिससलाई दुवै खेलमा १–० ले हरायो । पहिलो खेलमा विमल घर्तीमगर र दोस्रो खेलमा सुजल श्रेष्ठले निर्णायक गोल गर्नुभयो । जितले नेपाली राष्ट्रिय फुटबल टिम सही बाटोमा छ भन्ने प्रस्ट हुन्छ । यसको श्रेय कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीलाई सबभन्दा बढी दिनुपर्छ ।

नेपाल र मौरिससबीच दोस्रो मैत्री खेल हुँदै, लगातार दाेस्राे जितकाे खाेजीमा नेपाल

नेपाल र मौरिससबीच आज दोस्रो मैत्री फुटबल खेल हुँदैछ । दशरथ रंगशालामा अपराह्न पौने ५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

मैत्री खेलमा पोर्चुगलले कतारलाई हरायो, रोनाल्डोले गरे गोल

पोर्चुगलले सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारमाथि सहज जित निकालेको छ ।

इंग्ल्याण्डको कठिन जित

एजेन्सी । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा इंग्ल्याण्डले अष्ट्रियालाई १-० गोलले पराजित गरेको छ । युरोकप पुर्व भएको मैत्री पुर्ण खेलमा जित हात पारेको इंग्ल्याण्डले आफ्नो टिम बलियो रहेको सन्देश दिएको छ ।

मैत्री भलिबलमा अर्को जित

भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेको अवसरमा आयोजित अन्तर्राष्ट्रिय मैत्री भलिबलमा नेपालले बंगलादेशलाई दुवै खेलमा पराजित गरेको छ । घरेलु टिमले बुधबार दोस्रो तथा अन्तिम खेलमा दुईपल्ट पछाडि परेको स्थिति उल्टाउँदै पाँच सेट चल्दा ३–२ को जित हात पार्‍यो ।