विराटनगर : मोरङका स्थानीय तहहरूले सोमबारदेखि कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ। सरकारले चीनबाट भेरोसेल खोप ल्याएसँगै ५५ वर्ष माथिका उमेर समूहलाई यो खोप दिँइदै छ। प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।प्रदेश सरकारलाई प्राप्त सबै खोप शनिबारदेखि नै जिल्लाहरूमा वितरण थालिएकाले सोमबारदेखि प्रदेशका सम्पूर्ण जिल्लाले खोप लगाउन कार्य सुरु गरेको छ।स्वास्थ्य