‘मलको अभाव नभएपछि धान रोपाइँ सजिलै सकियो’

देउखुरी– दाङमा यस वर्ष किसानले अनुदानको रासायनिक मल पर्याप्त पाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको रासायनिक मल वितरण गरेपछि मलको अभाव नभएको किसानले बताएका छन् । अनुदानको मल सहज रुपमा पाएपछि धान रोपाइँ गरेको घोराही उपमहानगरपालिका–१ रामपुरका हिमाल चौधरीले बताए। ‘हाम्रो गाउँमा आधाभन्दा बढी धान रोपाइँ भइसकेको छ । […]

सम्बन्धित सामग्री

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

२२ भदौ, लेखनाथ। धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र […]

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टेडिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपरेको हो । धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल

रासायनिक मलको अभाव झेल्दै पोखरेली किसान

लेखनाथ – धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान रोपेको दुई महिना बितिसक्दा पनि किसानले रासायनिक मलको अभाव खेप्नुपरेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट […]

पर्वतमा रासायनिक मलको अभाव

रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन्।

बारामा ६५ प्रतिशत क्षेत्रमा धान रोपाई, मलको अभाव कायमै

मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र मल अभावका कारण जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो ।  जिल्ला कृषि ज्ञान केन्द्र बाराका अनुसार जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो । गत वर्षको अनुपातमा यस वर्ष अहिलेसम्म २० प्रतिशत खेतहरू बाँझै रहेका छन् भने ग

नवलपुरमा रासायनिक मलको अभाव, किसानले मलबिना नै धान रोपाइँ गरे

नवलपुर । नवलपुरमा रासायनिक मलको अभाव भएपछि किसानहरूले प्राङ्गारिक मल र केही किसानले मलविनानै धान रोपाइँ गर्न लागेका छन् । असारको अन्तिम साता बित्न लाग्दा समेत मल नपाएपछि उनीहरूले गाई वस्तुको मल र ढैचाको प्रयोगबाट धान रोपाइँको तयारी गरेका हुन् । जिल्लामा अहिले डिएपी मल शून्य अवस्थामा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएकाे […]

सिन्धुलीमा मलबिना नै ४० प्रतिशत धान रोपाइँ सम्पन्न

सिन्धुली । सिन्धुली जिल्लामा किसानहरूले खेती लगाउने मलको अभाव भएको अवस्थामा पनि मलबिना नै ४० प्रतिशत धान रोपाइँ सकिएको छ । लगातार मौसमी वर्षा भइरहेको र धानको बीउसमेत ब्याडमा छिपिंदै गएको अवस्थामा स्थानीय किसानहरूले मलको पर्खाई छाडेर धान रोपाइँ गरेका हुन् । कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका शाखा प्रमुख नवराज महतका अनुसार जिल्लामा गत फागुन […]

लुम्बिनी प्रदेशमा मल अभाव, सीमावर्ती क्षेत्रका किसानलाई भारतकै भर

अहिले देशभर रासायनिक मलको अभाव छ । लुम्बिनी प्रदेशका किसान पनि मलको अभावले मारमा परेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष मलको अभाव अझ चरम बनेको हो ।सरोकारवालाहरुका अनुसार ९० प्रतिशत किसानले मल  पाएका छैनन् । मौसमले साथ दिएपछि धान रोपाइँ सुरु गरेका किसानले डीएपी मल पर्याप्त मात्रामा पाएका छैनन् भने युरिया मलको चरम अभाव छ ।लुम्बिनी प्रदेशमा कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ्गले ३० प्रतिशत मल उपलब्ध गराउने भनिए पनि अहिले कृषकलाई मलको अभाव हुँदा ती निकाय रमिते बनेका छन

सिजनमै मल नपाएपछि सडकमा कृषक

काठमाडौं । असार लाग्न अब १० दिन मात्र बाँकी रहेको बेला अहिले धान रोपाइँ गरेको खेत र मकैबालीमा हाल्ने रासायनिक मलको अभाव छ । खेतीको मुख्य सिजनमै रासायनिक मल नपाएपछि अहिले कृषक सडकमा उत्रिएर सरकारलाई दबाब दिन थालेका छन् । मल खोज्न जाँदा बजारमा नभेटिएको र धान रोपाइँ र मकैबालीमा हाल्नुपर्ने रासायनिक मल अभाव भएपछि […]

महामारीका बीच धान रोपाइँ

काठमाडौं । कोरोना महामारीको भयावह अवस्थाका बीच विभिन्न जिल्लाका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । मनसुन शुरू भएर पानी पर्न थालेसँगै किसानले महामारीको त्रासकै बीचमा पनि धान रोपाइँ शुरू गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सातओटै प्रदेशका अधिकांश जिल्लाका किसान यति बेला धान रोपाइँमा व्यस्त छन् । काठमाडौं, धादिङ, मकवानपुर, कास्की, बाग्लुङ, झापा, पाँचथर, बारा, पर्सा, रौतहट, दाङ, प्युठान, नवलपरासी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत धेरैजसो जिल्लाका किसान अहिले धान रोपाइँमा व्यस्त भइरहेका छन् । यस वर्ष हालसम्म कति जमीनमा धान रोपाइँ भयो भन्ने तथ्यांक मन्त्रालयले प्राप्त गरिसकेको छैन । देशभरि नै पानी परिरहेकाले अधिकांश जिल्लामा २० प्रतिशतजति रोपाइँ सकिएको अनुमान छ । गतवर्षजस्तै कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाका कारण यस वर्ष पनि अधिकांश उद्योगधन्दा, व्यापार, व्यवसाय बन्द भएकाले गाउँँका बाँँझा खेतबारीहरू समेत खनजोत गरेर त्यसमा धानखेती गर्ने क्रम बढेको मन्त्रालयले बताएको छ । त्यसैले गतवर्षको भन्दा यस वर्ष धानखेती हुने क्षेत्रफल पनि करीब २० प्रतिशतले बढ्ने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले आर्थिक अभियान दैनिकलाई बताए । आर्थिक वर्ष २०७६/७७ मा कुल खेतीयोग्य जमीनमध्ये १४ लाख ५८ हजार ९ सय १५ हेक्टर जमीनमा वर्षेधान खेती गरिएको मन्त्रालयको तथ्यांक छ । कोरोना महामारीका कारण भएको बन्दाबन्दीपश्चात् आव २०७७/७८ मा धानखेतीको क्षेत्रफल करीब १५ हजार हेक्टरले बढेर १४ लाख ७३ हजार ९ सय १५ हेक्टर पुगेको थियो । नेपालमा करीब ३१ लाख हेक्टर जमीन कृषिका लागि योग्य रहेको मानिन्छ । त्यसमध्ये कति जमीन बाँझो छ भन्ने कुराको यकिन तथ्यांक सरकारसँग नभए पनि गाउँबाट शहरतर्पmको बसाइँसराइ, वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण, सिँचाइको अभाव, उत्पादनमा ह्रासजस्ता कारणले जमीन बाँझो रहने गरेको बताइन्छ । ६० प्रतिशतभन्दा बढी धान रोपाइँ हुने जमीन वर्षे पानीमा निर्भर रहने भएकाले उत्पादनको मुख्य योगदान मनसुनी प्रवृत्तिलाई नै मान्ने गरिएको सरोकारवालाहरू बताउँछन् । रोपाइँका लागि मल अभाव नहुने दाबी गतवर्ष धान रोपाइँकै बेला रासायनिक मलको हाहाकार हुँदा धेरैजसो जिल्लाका कृषकले मलको अभाव भोग्नु परेको थियो । तर, यो वर्ष सरकारसँग रासायनिक मलको पर्याप्त मौज्दात रहेको र आयातमा पनि कुनै समस्या नभएकाले मलको अभाव नहुने दाबी सरकारको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार मलको आयात सहज रूपमा भइरहेको छ भने मौज्दात पनि पर्याप्त मात्रामा रहेको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग अहिले करीब ८० हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ । निषेधाज्ञाका कारण विभिन्न जिल्लाहरूमा मलको वितरणमा समस्या देखिएकाले किसानले मल नपाएको गुनासो आएको भए पनि हाल उक्त समस्या समाधान भइसकेको पनि उनले बताए ।