माउरो इकार्डीले ह्याट्रिक गर्दा पेरिस सेन्ट जर्मेनले एंगर्समाथि गोल वर्षा गरेको छ । बुधबार ५–० को जीत निकाल्दै पीएसजी फ्रेन्चको सेमिफाइनलमा पुगेको हो ।इकार्डीले खेलको नवौँ मिनेटमा नै पीएसजीलाई अग्रता दिलाएका थिए । २३ औँ मिनेटमा भिन्सेन्ट मानेकेउले आत्मघाती गोल गरे । दोस्रो हाफमा नेयमारले पीएसजीको अग्रता फराकिलो बनाए । त्यसपछि इकार्डीले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गरेर टोलीलाई सहज जित दिलाए ।नयाँ प्रशिक्षक माउरिसियो पोचेटिन्होको नेतृत्वमा पीएसजी यो सिजन ३ वटा ट्रफी जित्ने होडमा