काठमाडौं । मतगणना चलिरहेको बेला काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फिल्म हेर्न पुगेका छन् । सोमबार उनी श्रीमतीसहित हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हल पुगेका हुन् । उनी श्रीमतीसहित दरबारमार्गस्थित क्यूएफएक्स दरबार मलमा दिउँसो साढे २ बजेको शाेमा फिल्म हेर्न पुगेका हुन् । सिनेमा हलबाट श्रीमतीसँगको तस्वीर सामाजिक […]
टिमक्वेस्टद्वारा प्रवद्र्धित क्यूएफएक्स सिनेमाले आफ्नो एपमार्फत चलचित्र टिकट खरिदका लागि खल्तीसँग विशेष साझेदारी गरेको छ ।यो साझेदारीअघि क्यूएफएक्सका ग्राहकले क्यूएफएक्स एप वा वेबसाइटमा लगइन गरेर मात्र चलचित्रहरू किन्न सक्थे भने अब खल्ती एपबाट मात्र ५० सेकेन्डमा चलचित्रको टिकट खरिद गर्न सक्नेछन् ।खल्ती एपबाट टिकट खरिद गरेपछि प्रयोगकर्ताले क्यूएफएक्सको लोयल्टी पोइन्ट्स र खल्ती पोइन्ट्स पनि प्राप्त […]
क्यू एफ एक्सले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले खल्तीसँग ३ वर्षे सहकार्य सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत अब ग्राहकहरुले क्यूएफएक्सको एप/वेबका साथै खल्ती मार्फत् मुभी टिकट खरिद गर्न सक्नेछन् । यसअघि क्यूएफएक्सको मुभी टिकट खरीद क्यूएफएक्स कै वेब साईट लग ईन गरि वा एप बाट मात्र गर्न सकिन्थ्यो भने यो साझेदारी पश्चात क्यूएफएक्सका ग्राहकहरु र खल्ती प्रयोगकर्ताले सिधै खल्ती एप मार्फत मुभी टिकट खरीद गर्न सक्नेछन् ।
२ चैत, काठमाडौं । क्यूएफएक्स सिनेमाजले दरबारमार्गको दरबार मलस्थित फिल्म हल सञ्चालनमा ल्याउने भएको छ । क्यूएफएक्सका सीईओ रोशन अडिगा र गुण ग्रुपको तर्फबाट निर्देशक दिप्रस शाक्यबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दरबारमार्गमा आउने भीआईपी दर्शकलाई लक्षित गर्दै सञ्चालनमा ल्याउन लागिएको ‘क्यूएफएक्स दरबार मल’ मल्टिप्लेक्समा ५० र ५५ सिट क्षमताका दुईवटा अडिटोरियम छन् । […]
सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ल्याएकोे सनराइज पपकर्न मानियाको उद्घाटन क्यूएफएक्स सिनेमा, कुमारी हलमा एक भव्य कार्यक्रमका साथ गरेको छ । शुक्रबार क्यूएफएक्स सिनेमा, कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा
नेपालको नं १ सिनेमा चेन क्यूएफएक्स सिनेमाजले भक्तपुरमा आफ्नो पहिलो मल्टिप्लेक्स ठिमीको भाटभटेनीमा सुरु गरेको छ । रिगल सिनेमाज् प्रालिको लगानी रहेको यस हलमा टिम क्वेस्टको व्यवस्थापन रहनेछ ।
कोभिडका कारण दुई वर्ष धराशायी भएको सिनेमा हलको व्यापारमा सुधार देखिएको छ। केही समययता नेपालगञ्जका हलहरूमा ठूलो सङ्ख्यामा दर्शक देखिन थालेपछि व्यापार लयमा फर्किन थालेको हो। नेपालगञ्जस्थित बागेश्वरी क्यूएफएक्स सिनेमा हलमा पछिल्लो समय ठूलो सङ्ख्याका दर्शक चलचित्र हेर्न आउने गरेका सिनेमा हल व्यवस्थापनले जनाएको छ।