कोरोना महामारीको जोखिम बढेपछि बैशाख ६ गते मन्त्रिपरिषदले जारी गरेको आदेश अहिलेसम्म पालना नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । आदेश कडाइ पूर्वक पालना गर्न/गराउन प्रधानमन्त्रीले शनिबार मातहतका निकायहरूलाई निर्देशनसमेत दिएका छन् ।सरकारले बैशाख ६ गते जारी गरेको आदेशमा सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न, २५ जना भन्दा बढी मानिसहरुको जमघट नगर्न, सार्वजनिक सवारी साधनमा स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गर्न लगायतका आदेश जारी गरेको थियो ।सरकारी आदेश राजपत्रमा समेत प्रकाशित भइस