माओवादीमा पदाधिकारी टुङ्गो लगाउने गृहकार्य

काठमाडौं- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को बुधबार दिउँसो बसेको स्थायी समितिको बैठक सकिएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टीको पदाधिकारी टुङ्गो लगाउने विषयमा छलफल भएको जानकारी दिए । उनले भने, “स्थायी कमिटीको बैठक बस्यो, संगठन सम्बन्धी एउटा एजेण्डामा केन्द्रित भयौँ । केन्द्रीय कमिटीपछि टुङ्ग्याउनुपर्ने केही विषय थिए । […] The post माओवादीमा पदाधिकारी टुङ्गो लगाउने गृहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे बालकोटमा बस्ने बैठकमा आउँदाे चुनावको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार लगायतका विषयमा छलफल हुनेछ । बैठकमा गएको ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिनेबारे पनि छलफल हुनेछ । एमालेले दशैँको बिदा अघि नै सङ्घ र प्रदेशतर्फका उम्मेदवार टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ । आजको बैठकमा चुनावी घोषणा पत्रका विषयमा समेत छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो। सत्ता गठबन्धनले चुनावमा तालमेल...

प्रदेश  १ को नाममा दुई शब्द नजोडिने, ‘किराँत’ आउट

प्रदेश १ को नामको विषयमा गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी दलले भित्रभित्रै छलफललाई सघन बनाएका छन् । दलका नेताहरुले दिएको जानकारी अनुसार प्रदेश १ को नाम प्रदेशसभाको दशौं अधिवेशनबाटै टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको छ ।अहिले प्रदेशको नाम कोशी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा राख्ने गरी छलफल अगाडि बढेको छ । ‘हामी यही असार १५ गतेसम्ममा सहमतिमा पुग्ने गरी छलफल गरिरहेका छौं,’ एक नेताले भने, ‘जात, धर्म, सम्प्रदाय जोडिने गरी नाम आउँदैन, त्यसमा कुनै दुई शब्द पनि जोडिँदैन, त

एमाले कार्यदलको बैठक भाेलिसम्म स्थगित, सहमतिको खाका तयार हुँदै

नेकपा ९एमाले० को आन्तरिक विवाद मिलाउन सक्रिय दश सदस्यीय कार्यदलको बैठक भोलि शुक्रबार ११ः३० बजेससम्मका लागि स्थगित भएको छ । सिंहदरवारस्थित अर्थमन्त्रालयमा साँझ ८ः१५ बजे छोटो समय चलेको बैठक थप गृहकार्य गर्ने भन्दै भोलीसम्मका लागि बैठक स्थगित भएको कार्यदलका सदस्यहरुले बताउनुभयो । आजको बैठकले सहमतिको खाकामा कार्यदलस्तरबाट टुङ्गो लगाउने तयारी गरेको भएपनि गृहकार्य नपुगेको अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहनुभएका सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । “कार्यदलस्तरमा सहमति बनेपछि पुनः अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर अन्तिम टुङ्गो लगाउने हाम्रो तयारी छ” नेम्वाङले भन्नुभयो ।