सेती नदीबाट लिफ्टिङ गरी  खानी गाउँमा सिँचाइ

बझाङ : सेती नदीबाट वर्षा पम्पको सहयोगले थलारा गाउँपालिका-९ खानी गाउँमा सिँचाइ सुविधा पुर्‍याइएको छ। युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा पम्प जडान गरिएको हो।तरकारी खेतीलाई लक्षित गर्दै सिर्जना परियोजनाका ३ लाख बढीको लागतमा पानी तान्ने वर्षा पम्प, पाइप ल्याई गाउँभन्दा तल रहेको सेती नदीको पानी माथि गाउँमा ल्याइएको हो। गाउँमा सिँचाइका लागि पानी पुगेपछि यहाँका ३५ परिवार लाभान्वित भएका छन्।पानी पाएपछि स्थानीय हर्षित भएका छन्। तरकारी राम्रो उत्

सम्बन्धित सामग्री

सिक्टा सिँचाइले लिफ्टिङ सिँचाइ योजना पनि सञ्चालन गर्ने

सिक्टा सिँचाइ आयोजनाले बाँकेका केही ठाउँमा लिफ्टिङ सिँचाइको योजना पनि सञ्चालन गर्ने भएको छ । सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा डिभिजनल इन्जिनियर सन्देश पौडेलले बाँकेको राप्तीसोनारी गाउँपालिका–८, बालापुर र वडा नम्बर ९ को ढकेरी तथा वडा नम्बर २ कचनापुर क्षेत्रमा परीक्षण परियोजनाका रूपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने बताउनुभयो । उहाँले लिफ्टिङ सिँचाइका लागि ढकेरी र बालापुरमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई काम सुरु हुने चरणमा रहेको र कचनापुरमा केही समयपछि ठेक्का हुने बताउनुभयो ।

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सञ्चालन गर्दै

सिक्टा सिँचाइ आयोजनाले बाँकेका केही ठाउँमा लिफ्टिङ सिँचाइको योजना पनि सञ्चालन गर्ने भएको छ ।

सिक्टाले लिफ्टिङ सिँचाइ योजना सुरु गर्दै

बाँके । नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र वडा नं ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले […]

लिफ्टिङ परियोजनाबाट प्युटार लाभान्वित

सौर्य लिफ्टिङ सिँचाइ परियोजना बनेसँगै सिँचाइको पानी अभाव खेप्दै आइरहेका यहाँका ५४ घरधुरी कृषकको ७० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सक्नेछन्।...

विद्युत् महसुलमा २ करोड अनुदान, ५१५ हेक्टरमा सिँचाइ सुविधा

पोखरा – गण्डकी प्रदेशकी ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले सय दिनमा गरेको कामको सूची सार्वजनिक गरेकी छन्। विद्युत् महसुलमा अनुदान वितरणदेखि विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन मन्त्री अर्यालको सय दिने उपलब्धि हुन्। कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री भएलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले लिफ्टिङ खानेपानी र सिँचाइ योजनाको विद्युत् महसुलमा शतप्रतिशतसम्म अनुदान दिने […]

इन्धन र बिजुुली बिनाको लिफ्टिङ सिँचाइ

स्याङजाको गल्याङ् नगरपालिकामा सम्भवत: नेपालमै पहिलो पटक आधुनिक हाइपम्पबाट लिफ्टिङ सिँंचाइ आयोजना (इन्धन र बिजुलीको प्रयोग बिना) सुुरु भएको छ । विश्वको दोस्रो तथा नेपालको पहिलो आधुनिक हाइपम्प प्रविधिबाट गल्याङ्मा लिफ्टिङ आयोजना सुरुवात भएको हो ।बिजुली तथा इन्धनको प्रयोगबिना पानी लिफ्टिङ हुन थालेसँगै बाँझो जमिनको समेत उपयोग हुने भएको छ । सिँचाइका लागि पर्याप्त पानी […]

लिफ्टिङबाट रुकुम पश्चिमका १४ सयभन्दा बढीलाई खानेपानी

सुर्खेत : लिफ्टिङ प्रविधिबाट अधिकांश ठाउँमा पिउने पानी तथा सिँचाइ गर्न पाएपछि रुकुम पश्चिमका सर्वसाधारणहरु खुसी भएका छन्।जिल्लाभर बनेका दुई दर्जन खानेपानी अप–लिफ्टिङ परियोजनाबाट पानी उपलब्ध भएपछि स्थानीयबासीहरु खुसी भएका हुन्।झन्डै डेढ करोड खर्चेर सोलार प्रविधिमा निर्माण गरिएको कालाखोला–घोर्लेगोठ–नुवाकोटडाँडा खानेपानी आयोजनाको लिफ्टिङ योजनाले यहाँका सर्वसाधारणहरूमा खुसी छाएको छ।पानी बोकेर दुख गर्ने दिन समेत अन्त्य भएको चौरजहारी–१४ नाउलीकी रामसरी पुनले

एउटै पालिकामा नौवटा लिफ्टिङ योजना

बैतडीको दोगडाकेदार गाउँपालिकामा लिफ्टिङ प्रविधिबाट नौवटा खानेपानीका योजना निर्माण भएका छन् । त्यस्तै, थप चारवटा खानेपानी र तीनवटा सिँचाइ योजना निर्माणका क्रममा छन् । एक सय २५ मिटरदेखि आठ सय मिटरको उचाइमा...

रसुवामा ७ करोडको लगानीमा लिफ्टिङ सिँचाइ योजना बन्ने

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–४, पाटीखर्कमा लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने भएको छ । त्यस क्षेत्रमा अहिले तीनवटा सिँचाइ योजना सञ्चालनमा रहे पनि प्रभावकारी नभएका कारण नयाँ सिँचाइ योजना निर्माण गर्न लागिएको हो । तीनवटा सिँचाइको मुहान एउटै भएका कारण हिउँदमा सिँचाइ गर्न समस्या हुँदै आएको छ । एकीकृत ऊर्जा सिँचाइ विशेष कार्यक्रम अन्तर्गत सिँचाइ योजना निर्माण हुन लागेको जलश्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ का लागि ७ करोड बजेट समेत विनियोजन भइस...

दोलखामा ऊर्जामार्फत लिफ्टिङ सिँचाइ सुविधा

दोलखाको मेलुङ गाउँपालिका– ७ मा वैकल्पिक ऊर्जाअन्तर्गत सौर्य ऊर्जाको प्रयोगमा तामाकोशी नदीबाट लिफ्टिङ गरी सिँचाइ सुविधा सञ्चालनमा आएको छ । गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा ५०/५० प्रतिशतको लगानीमा तामाकोशी ज्यामिरे धुर्वेडाँडा सिँचाइ योजना र फड्के खोला ठाडीपैरी सोह्रबिसे सिँचाइ योजना सञ्चालनमा आएको ...