गोरखाको गण्डकी गाउँपालिकास्थित बुट्टार मकैसिङ पुल अलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय ‘११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजना’ले पुल निर्माणको कामलाई अलपत्र पार्ने कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।आयोजना र कम्पनीबीच भएको सम्झौताअनुसार त्रिशुली नदीमाथि बन्ने पुल निर्माणको समयसीमा सकिइसकेको छ । यसपछि, आयोजनाले यसअघि पप्पु कन्स्ट्रक्सनलाई समयमै काम सक्न मौखिक र लिखित जानकारी दिएपनि बेवास्ता ग