बखेडा झिकेर कामै नगर्ने ठेकेदारलाई स्थानीय तहले कस्न थालेका छन् । चन्द्रपुर–४ स्थित गैडाटार जाने बाटोको चाँदी नदीमा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई काम गर्न दबाब बढाएको छ । पुल निर्माणको काम तत्कालै सुरु नगरे डिभिजन सडक कार्यालयको सबै सेवा बन्द गराई पूर्वपश्चिम राजमार्गमा अनसन बस्ने अल्टिमेटमपछि ठेकेदारले बिहीबारबाट काम थालेका छन् ।